
काठमाडौँ । नेपालले पहिलो एकदिवसीय खेलमा पाँचौं विकेट गुमाएको छ । नेदरल्याण्ड्सले दिएको १९० रनको लक्ष्य पछ्याएको नेपालले पाँचौं विकेट गुमाएको हो।
२३औं ओभरको तेस्रो बलमा सोमपाल कामी पनि खाता नखोली आउट भए। १२ औं ओभरको समाप्तिमा कुनै विकेट नगुमाई ५८ रनको स्थितिमा रहेको नेपाली टोली २० ओभरमा पुग्दा महत्वपूर्ण ४ विकेट गुमाउन पुग्यो ।
८ ओभरमा २९ रन जोड्दा नेपालले क्रमश अनिल साह, पारस खड्का, ज्ञानेन्द्र मल्ल र आरिफ शेखको विकेट गुमाउन पुग्यो ।
अनिलले २१, पारसले १२, ज्ञानेन्द्र मल्लले ५१ रन बनाए भने आरिफ शेख आउट भए ।
कप्तान पारस खड्का व्यक्तिगत १२ र ज्ञानेन्द्र मल्ल ५१ बनाउँदै आउट भएका हुन् । यसै बीचमा आरिफ शेख पनि आउट भएका थिए ।
















