” हे सरकार ! राजदुत पठाउ सम्पुर्ण खर्च हामी ब्यहोर्छौ ” – अध्यक्ष कुबेर कार्की ( भिडियो हेर्नुहोस् )

गैर आवासीय नेपाली संघ पोर्तुगलका अध्यक्ष कुबेर कार्कीले संघको युरोप स्तरीय क्षेत्रीय भेलामा भनेका छन् –

” समस्यै समस्या छन् पोर्तुगल मा। यहाँ पि एच डि गरेका प्रोफेसर देखि ३३ किलो सुनकान्डका मान्छे देखि र अन्य फरार अभियुक्त पनि छन पोर्तुगलमा। बेलायत तथा अन्य मुलुक बाट येहा आउनेको लर्को , उत्तिकै मानब तस्कर हरुको जालो, कृषि क्षेत्रमा कामदार प्रदायक नेपाली एजेन्सीहरुको तेत्तिकै लुट छ। उज्जल भबिष्यको खोजिमा लाखौ खर्चेर युरोप छिरेका आजकाल कामको अभाबमा लिस्बनमा भौतारिएका सयौ नेपाली युबायुबतीहरुको अबस्था गम्भिर छ। हरेक रेस्टुरेन्ट र पेन्साउमा बिचौलियाहरुको हाबि छ,बर्सौदेखि कानुनत बसोबासको अनुमति कुरेकाहरुलाई टाढा रहेको दुताबास (फ्रान्स) ले पासपोर्ट तथा अन्य आबश्यक कागजात का लागि बर्षौ लगाउछ, नेपालबाट फरेन मिनिस्टर आउछन अनि भन्छन “तपाईहरुलाई यहाँ राजदुताबास किन चाहियो ?अनि भन्छन “अहिले सरकार सङ फन्ड छैन रे ! हे सरकार राजदुत पठाउ सम्पुर्ण खर्च हामी ब्यहोर्छौ। यतिधेरै समस्यै समस्या बिचमा रातोदिन काम गरिरहेका छौ, अझ हामी नै हेपिने ?”

बाँकी भिडियोमा हेर्नुहोस्।

https://www.facebook.com/voiceofnepal.tv/videos/921537031388318/

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार