बलिउड बादशाह शाहरुख खानसँग अहिले के छैन? उनीसँग के छैन भनेर खोज्नतिर लाग्नुभन्दा भन्दा उनीसँग के-के छ भनेर खोज्न लाग्दा लामै समय लाग्ला ! नाटक खेल्दाखेल्दै ‘दिवाना’ फिल्मबाट बलिउडमा शानदार प्रबेश गरेका शाहरुखको पहिलो कमाई ५० रुपैँया भारु रहेको थियो। जुन पैसा उनले थिएटरमा टिकट बेचेर कमाएका थिए।

आज शाहरुखसँग दुँनिया भरका भव्यता,शान-शौकत,इज्जत,प्रतिष्ठा,नाम धन-सम्पत्ती सबै चिज छ। उनी आज बलिउडको त्यो स्थानमा पुगिसके जहाँ पुग्नु सामान्य मानिसहरुको लागी अकल्पनीय कुरा हो।
एक कार्यक्रममा आफ्ना दु:खका दिनहरु सम्झिँदै शाहरुखले भनेका थिए-‘आमाबाबुको सानैमा मृत्यु भयो,बहिनी पनि सानी थिइन् र बस्ने घर समेत थिएन।’
शाहरुखको कमाई फिल्मका साथै ब्रान्ड इन्डोर्समेन्ट र लगानीबाट पनि हुन्छ ।शाहरुख खान रेड चिलिज इन्टरटेन्मेन्ट नामको फिल्म प्रोडक्सन कम्पनीका सह–संस्थापक पनि हुन् भने उनीसँग आइपीएलको कोलकाताको समूह पनि छ ।
बलिउड सुपरस्टार शाहरुख खान आफ्नो घर ‘मन्नत’ मा बस्छन् । उनको यो घर ६ तल्ले छ र यसमा लिभिङ रुम, गेस्ट रुमका साथै अफिस, लाइब्रेरी, जिम, इन्टरटेनमेन्ट रुम र काम पार्किङका लागि प्रशस्त स्थान छ ।
२६ हजार स्क्वायेर फिटमा बनेको यो बंगलाको मूल्य २ सय करोडको आँकलन गरिएको छ । यो घरको इन्टेरियर गौरी आफैंले गरेकी हुन् । यसमा उनले करिब ४ वर्ष लगाइन् ।
यस्तै शाहरुखसँग सबैभन्दा महँगो कार, Bugatti Veyron,१२ करोडको छ । उनीसँग बीएमडब्ल्यू पनि छ । यसका साथै उनीसँग १३ शानदार गाडी भएको बताइन्छ जसको कूल मूल्य ३१ करोड नजिक भएको बताइन्छ ।
फोर्ब्स पत्रिकाका अनुसार शाहरुख खान पछिल्लो समय सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रेटि बनेका छन्।उनले ३८ मिलियन डलर कमाइ गरेका छन् । यो २ सय ४२ करोड भारतीय रुपैयाँ हो ।शाहरुखले बिभिन्न बिज्ञापनहरु र फिल्ममा अभिनय लगायत क्रिकेट टिमबाट यत्रो पैसा कमाएका हुन् ।
शाहरुख खान रेड चिलिज इन्टरटेन्मेन्ट नामको फिल्म प्रोडक्सन कम्पनीका सह–संस्थापक पनि हुन् भने उनीसँग आइपीएलको कोलकाताको समूह पनि छ ।उनको दुबई,लन्डन जस्ता महँगा शहरहरुमा समेत फ्ल्याट रहेका छन्।
शाहरुखले संघर्ष र दु:खमा कहिल्यै हरेश नखान पनि सुझाब दिन्छन् । आफ्नो काम र जिम्मेवारी प्रति इमान्दारीताका साथ समर्पित हुने हो भने हरेक मानिसले एकदिन सफलता पाएरै छोड्ने उनको भनाई छ।
















