लिस्बोन आइपुगे “मङ्गोलियन हर्ट” का चर्चित गायक राजु लामा – ५ तारिख चर्चित लोक दोहोरी गायक मिलन लामामा साथ सांगीतिक प्रस्तुती हुने

नेपालको चर्चित म्युजिक व्याण्ड “मङ्गोलियन हर्ट” का एकजना मुख्य गायक राजु लामा यतिबेला लिस्बोन आइपुगेका छन्। राजु लामाका साथ सुपरिचित लोक गायक मिलन लामाले आगामी अगस्ट ५ तारिख पोर्तुगलमा आफ्नो बेजोड सांगीतिक प्रस्तुति दिने भएका छन् ।

मुलतः नेपाल युवा-युवतीहरुमा लोकप्रिय र निक्कै चर्चा बटुलेको म्यूजिक ब्याण्ड मङ्गोलियन हर्ट र गायक राजु लामाले सयौं गीतहरुमा आफ्नो स्वर दिएका छन देश बिदेशमा उनका हजारौं फ्यानहरु अहिले पनि उनलाई सुन्न आतुर र उत्साहित छन् ।

मिलन लामा लोक दोहोरी तथा रास्ट्रप्रेम सम्बन्धि गित गाएर बालबालिका, युवा, पौढहरुको र बुढापाकाको माझ मा पनि निकै लोकपि्रय छन । उनले गाएको गित माझी दाइ पोखरा फेवाताल को निकै चर्चित गित हो ।

आयोजक तामाङ्ग समाज पोर्चुगलले उनहरु कार्यक्रमका लागि राजधानी लिस्वोनस्थित “मेर्काडो दि रिबेइरा” काईस दो सोद्रेको भब्य हल बुक गरिसकेको जनाइएको छ । कार्यक्रममा पाँचसय भन्दा बढी मानिसहरुको उपस्थिति हुने अपेक्षा र बिश्वास आयोजकहरुले लिएका छन् ।

तामाङ्ग समाज पोर्तुगलकी अध्यक्ष तथा कार्यक्रम मूल आयोजक समितिकी संयोजक सुनिता तामाङ्गले पोर्तुगलस्थित नेपाली समुदाय र सम्पुर्ण संघ-संस्था, सामाजिक र सांस्कृतिक क्षेत्रका महानुभावहरुमा कार्यक्रम सफल र भब्य बनाउन उपस्थिति र सहयोगकालागि हार्दिक आग्रह र अपील गरेकी छन् ।

https://www.facebook.com/tmngsamajportugal/videos/1745231195591839/

कार्यक्रमलाई सफल बनाउन प्रचार प्रसारकालागि पोर्तुगलमा क्रियाशील रहेका विभिन्न अनलाईन पोर्टलहरुलाई मिडीया पार्टनरका रुपमा राखिएको छ । कार्यक्रमको अग्रिम टिकटको लागि १५ यूरो र सोही दिन कार्यक्रम स्थलमा भने २० यूरो मुल्य तोकिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार