एकदिवसीय क्रिकेटः टस जितेर नेपाल ब्याटिङ गर्दै

नेदरल्याण्ड्ससँग नेपाल ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामाको दोस्रो तथा अन्तिम खेलमा आज प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार २ः४५ बाट सुरु हुनेछ।

नेदरल्याण्ड्को आमस्टेल्भिन स्टेडियममा हुने खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ। पहिलो खेलमा नेपालले टस हारेर बलिङ गरेको थियो।

यसअघि खेलेको पहिलो खेलमा भने नेपाल कमजोर ब्याटिङका कारण पराजित भएको थियो। शृङ्खला बराबरी गर्न आजको खेलमा नेपाललाई जित्नैपर्ने दबाब छ। पहिलो खेलमा हातमा चोट बोकेका नेपालका सरद भेषावकर आजको खेलमा खेल्ने छैनन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार