एकदिवसीय क्रिकेटमा नेपालको पहिलो जित


नेदरल्याण्डस्सँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले घरेलु टोलीलाई १ रनले हराएको छ। यो सँगै दुई एक दिवसीय शृंखला १-१ को बराबरीमा सकाएको छ।

नेपालले दिएको २१७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डस्ले निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाउँदै ११५ रन मात्र बनाउन सक्यो।

उसका लागि वेस्ली वारेसीले सर्वाधिक ७१ रन बनाए पनि त्यो जितका लागि पर्याप्त रहेन। नेदरल्याण्डस्लाई रोक्न नेपालका सन्दिप लामिछानेले ३ विकेट लिँदा ललित भण्डारीले २ विकेट लिए।

यस्तै कप्तान पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मी र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए।

अन्तिम ओभरमा ६ रन चाहिएको अवस्थामा कप्तान पारस खड्काले मात्र ४ रन दिएर एक विकेट लिएपछि नेपालको रोमाञ्चक जित सम्भव भएको हो। पारसले अन्तिम ओभरको अन्तिम बलमा फ्रेड क्लासेनलाई रनआउट गर्दै ऐतिहासिक जित दिलाएका हुन्। नेपालको यो पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय जित हो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार