अन्तर्राष्ट्रि क्रिकेट परिषद आइसिसीमा नेपालका चार खेलाडी एक सयौं वरियताभित्र पर्न सफल


काठमाडौं । अन्तर्राष्ट्रि क्रिकेट परिषद आइसिसीले नेपालका चार खेलाडीलाई बरियतामा राखेको छ । आइसिसिले सार्वजनिक गरेको नयाँ बरियतामा ट्वान्टी–ट्वान्टी क्रिकेट तर्फ नेपालका दुई बलर तथा दुई ब्याट्सम्यान परेका छन् ।

शीर्ष १०० भित्र व्याटिङतर्फ कप्तान पारस खड्का र शरद भेषवाकर रहेका छन् भने बलिङतर्फ बसन्त रेग्मी र सोमपाल कामी शीर्ष एक सय भित्र पर्न सफल बनेका छन् ।

१२ अन्तर्राष्ट्रिय खेलमा खड्काले २ सय ३६ रन बनाएका थिए भने भेषावकरले ११ खेलबाट १ सय ९९ रन बनाएका थिए । ट्वान्टी–ट्वान्टी ब्याट्सम्यानको बरियतामा नेपालका कप्तान खड्का २ सय ६५ अंकसहित ९० औं स्थानमा छन् भने २ सय ३८ अंकसहित शरद ९८ औं स्थानमा रहेका छन् ।

यसको शीर्ष स्थानमा अष्ट्रेलियाका आरोन फिन्च तथा दोस्रोमा पाकिस्तानका फकर जमान र तेस्रो स्थानमा भारतीय खेलाडी लोकेश राहुल छन् । यस्तै ट्वान्टी–ट्वान्टी बलरको बरियतामा ३ सय ९७ अंकसहित बसन्त ७१ औं तथा ३३८ अंकसहित सोमपाल ९२ औं स्थानमा रहेका छन् ।

रेग्मीले १२ खेलबाट १६ विकेट लिएका छन् भने कामीले १२ खेलबाट १३ विकेट लिएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार