रियल लाइफमा अति सिम्पल छिन् सारा

बलिउडका स्टार किड्सहरुमध्ये अत्यधिक चर्चामा छिन् सारा अली खान । भारतीय मिडियाले उनलाई सर्वाधिक सुन्दर र ग्ल्यामरस स्टार किडको रुपमा चचा गर्ने गरेका छन् ।

सार्वजनिक कार्यक्रमहरुमा जाँदा साराप्रति सबैको ध्यान सोहोरिएको पाइन्छ । उनले लगाउने स्यान्डलदेखि बोक्ने ब्यागसम्मका समाचार बन्छन् । हालै मनिष मल्होत्राको फेसन शोमा सर्वाधिक चर्चा साराकै भयो । उनी त्यहाँ निकै बोल्ड अवतारमा प्रस्तुत भएकी थिइन् ।

सार्वजनिक रुपमा बोल्ड र ग्ल्यामरस देखिने सारा निजी जीवनमा भने औधि सिम्पल छिन् । उनीप्राय कुर्ता-सुरुवाल लगाएर हिँडडुल गर्छिन् भने मेकअप पनि एकदमै कम गर्छिन् । यद्यपि, कुर्ता-सुरुवालमा पनि उनको सुन्दरता भने प्रष्फुटन भइरहेकै हुन्छ ।

सैफ अली खानकी छोरी सारालाई प्राय श्रीदेवीकी छोरी जान्भी कपुरसँग तुलना गरिन्छ । तर सुन्दरतामा जान्भीभन्दा एक कदम अगाडि छिन् सारा । उनलाई बलिउडकी अपकमिङ सुपरस्टारका रुपमा हेर्ने गरिएको छ ।

उनी चाँडै फिल्म ‘केदारनाथ’ बाट डेब्यू गर्दैछिन् । यो फिल्ममा उनको अपोजिटमा छन् शुशान्त सिंह राजपुत । यसैगरी फिल्म ‘सिम्बा’ मा उनी रणवीर कपुरको अपोजिटमा देखिने छिन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार