
लिस्बोन। पोर्तुगलमा क्रियाशील नेपाली पत्रकारहरुको साझा सोसियल फोरम नेपाली जर्नालिस्ट क्लब पोर्तुगलले नेपालका एकजना वरिष्ठ पत्रकार देशान्तर साप्ताहिकका प्रधानसम्पादक कबिर राणा र युकेमा सक्रिय पत्रकार लन्डन नेपाल न्यूजका सम्पादक एभरेष्ट गौतमलाई आज लिस्बोनमा स्वागत र सम्मान गरेको छ ।
पोर्तुगल भ्रमणमा रहनु भएका पत्रकारद्वयसंग एक आपस अनुभव, अप्ठेरो, सजिलो लगायत पत्रकारिताका विविध आयमबारे अन्तरक्रिया समेत गरिएको थियो ।
कार्यक्रममा सम्मानित पत्रकारद्वयसहित नेपाली जर्नालिस्ट क्लब पोर्तुगलका आबद्ध र क्रियाशील नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिव योगेन्द्रमिलन छन्त्याल, सदस्य गणेश पाण्डेय , क्लबका राजकुमार थापा, मिडियासंग सम्बन्धित बिषयमा पोर्तुगलमा विद्यावारधी गरिरहनु भएका निरन्जन सापकोटा, एनआरएनए उपाध्यक्ष नारायणकाजी मगर लगायत अन्य विभिन्न महानुभावहरुको उपस्थिति थियो ।
सम्मान कार्यक्रम लिस्बोनस्थित स्थानीय स्वायम्भु रेस्टुरेन्टमा भएको थियो ।
















