गिरफ्तार नेकपाका नेता तथा कार्यकर्ताहरुको तुरुन्त रिहाइको माग गर्दै नेपाली राजदूतावास ब्रसेल्समार्फत सरकारलाई ज्ञापन पत्र

नेकपाका नेता तथा कार्यकर्ताहरुलाई केपी ओली नेत्रित्वको सरकारले गैर कानुनी र फांसिवादी शैलीमा धरपकड गर्दै अमानवीय तवरले चरम यातना दिएको छ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता क. प्रकाण्ड, पोलिटब्यूरो सदस्यहरु पदम राई, ओमप्रकाश पुन, मोहन कार्की, कृष्ण धमला, केन्द्रीय सदस्यहरु लगायत सयौं कार्यकर्ताहरुलाई फरक राजनीतिक बिचारमा आस्था राखेकै कारण गिरफ्तार गरेको छ । गिरफ्तारीमा परेका कतिपय आस्थाका बन्दिहरुको अवस्था समेत जानकारी गराइएको छैन । अदालतले रिहाइ गर्न आदेश दिएका नेता तथा कार्यकर्ताहरुलाई प्रहरी प्रशासनले अदालत परिसरबाटै पुन: पक्रेर बेपत्ता पारीएका छन ।

तथाकथित कम्युनिष्ट नामधारी पार्टीको नेत्रित्वमा रहेको सरकारले वैचारिक आस्थाको आधारमा गरिने हरेक गतिविधी माथि ठाडो दमन गरेको छ । लोकतान्त्रिक अभ्यासकै रुपमा जनताले गर्न पाउने भेला, सभा, सम्मेलन र कार्यक्रममा समेत प्रतिबन्ध लगाउदै लोकतन्त्रकै धज्जी उडाएको छ । शान्तिपूर्ण रुपमा गरिने भेला, सभा सम्मेलन तथा कार्यक्रममा सहाभागी भएकाहरुलाई बिना कारण प्रहरीले हस्तक्षेप र नियन्त्रण गर्दै झुठा मुद्दा लगाउने, अदालतको आदेशमा रिहा भए लगत्तै पटक पटक गिरफ्तार गर्ने गरेको छ । सरकारको यस्ता हर्कतले मानवाधिकारको हनन भएकोले नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमले गम्भीर ध्यानआकर्षण सहित गिरफ्तार गरिएका नेता तथा कार्यकर्ताको तुरुन्त रिहाइको माग गर्दै नेपाली राजदूतावास, ब्रसेल्समा ज्ञापन पत्र बुझाएको छ ।

मोर्चाका अध्यक्ष मेख गुरुङले बेनेलक्सका लागि नेपाली राजदूत लोक बहादुर थापालाई ज्ञापन पत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा नेपालको जटिल परिस्थिती र राजनीतिक अवस्थाबारे मोर्चाका सल्लाहकार राम बहादुर गुरुङ र सदस्य प्रदिप अधिकारी बोलेका थिए । नेपाली जनप्रगतिशील मोर्चा, यूरोपका अध्यक्ष बिष्णु भुजेलले ज्ञापन पत्र दिनुको कारण, पार्टीको वैचारिक धारणा र नेपाल सरकारको खस्कदो अवस्था बारे प्रकाश परेका थिए भने कार्यक्रमको संचालन मोर्चाका महासचिव माकुना राईले गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार