ला लिगामा बार्सिलोनाको प्रभावशाली जीत, कप्तान मेस्सीले गरे दुई गोल

ला लिगाको नयाँ सिजनमा बार्सिलोनाले प्रभावशाली जित निकाल्दै सुखद सुरुआत गरेको । मेसीको कप्तानीमा मैदान उत्रिएको बार्सिलोनाले एलाभेसलाई ३-० ले हरायो ।

बार्सिलोनाको जितमा मेस्सीले दुई गोल गरे । अर्को एक गोल फिलिप कोन्टिन्होले थपे ।

पहिलो हाफमा एक गोल पनि गर्न नसकेको बार्सिलोनाले तीनवटै गोल दोस्रो हाफमा गर्न सफल भयो ।

मेस्सीले ६४ औं मिनेटमा गोल गरेर सुरुआती अग्रता दिलाएका थिए । दोस्रो हाफमा मैदान छिरेका कोन्टिन्होले ८३ औं मिनेटमा गोल गरेर अग्रता दोब्बर बनाए । उन्जुरी समयको दोस्रो मिनेटमा पुनः मेस्सीले नै अर्को गोल थपेपछि बार्सिलोना ३-० ले विजयी भयो ।

ला लिगाका अन्य खेलमा रियल सोसिडाडले भिल्लारियललाई २-१ ले हराउँदा सेल्टा डी भिगो र स्पानियोलले १-१ को बराबरी खेलेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार