युरोप नेपाली डटकमको कार्यकारी सम्पादकमा भगवान गिरी

लिस्बोन। पोर्तुगलबाट संचालित युरोपको एउटा लोकप्रिय नेपाली अनलाइन पोर्टल युरोप नेपाली डटकमको कार्यकारी सम्पादकमा पोर्तुगलमा क्रियाशील नेपाली पत्रकार भगवान गिरी चयन भएका छन् । उनी यसभन्दा अघि सो अनलाइनका वरिष्ठ सम्बादाता थिए ।

 

एकदशकदेखि नेपाली पत्रकारितामा सक्रिय गिरी नेपालमा पोखरा निवासी हुन् । पत्रकार गिरीसंग रेडियो पत्रकारिता र छापा पत्रकारीतामा एक दशक भन्दा लामो अनुभव छ।
बिगत तीन बर्षदेखि पोर्तुगल बस्दै आएका गिरी पोर्तुगलका एक क्रियाशील पत्रकार र “नेप्लिज जर्नालिष्ट क्लब पोर्तुगल”का सदस्य समेत हुन् । युरोप नेपाली डटकमको आज बसेको बैठकले पत्रकार गिरीलाई कार्यकारी सम्पादकमा चयन गरेको हो । उनको चयनसंगै युरोप नेपाली डटकम झनै गतिशील हुने र थप उचाईमा पुग्ने अपेक्षा गरिएको छ ।

उक्त अनलाइन पोर्टलका संस्थापक प्रधानसम्पादक पत्रकार राजकुमार थापा पोर्तुगलामै लेखन पत्रकारितामा क्रियाशील छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार