
काठमाडौं । विश्व बजार र आधुनिक जीवनशैलीले प्लास्टिक झोलाको प्रयोगलाई व्यापक बनाएको छ । प्लास्टिक झोलाको प्रयोगले मानिसमा क्यान्सरजस्तो भयानक रोग लाग्न सक्ने चिकित्सकले बताएका छन् ।
प्लास्टिकको बढ्दो प्रयोगसँगै प्लास्टिक अद्भुत अन्वेषण मात्र नरही प्राणीको अस्तित्वमाथि चुनौती बन्दै गएको छ । प्लास्टिकका कारण मानव स्वास्थ्यमा समेत ठूलो असर गरेको डा। खेम कार्की बताउँछन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नेतृत्वको अनुभव सँगालिसकेका उनले परिषद्का तर्फबाट विभिन्न समयमा गरिएका अध्ययन अनुसन्धानले पनि प्लास्टिक झोला प्रयोग नियन्त्रण गर्नुपर्ने सुझाव प्राप्त भएको जानकारी दिए । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।
















