
काठमाडौं । अमेरिकामा ग्याँस स्टेशनमा काम गर्ने १४ नेपालीको मृत्यु भएको छ । सन् २००४देखि २०१८ सम्म १४ वर्षमा १४ जनाकै ज्यान गएको हो । एक अध्ययनकाअनुसार रातको समयमा ग्याँस स्टेशनमा काम गर्ने नेपालीमाथि लुटेरा समूहले आक्रमण गर्दा उनीहरुको मृत्यु भएको हो ।
अमेरिकामा रहेका नेपालीमध्ये अधिकांशको आकर्षणको पेशा ग्याँस स्टेशनलाई बनाउने गरेका छन् । तर, त्यही पेशा असुरक्षित महसुस हुन थालेको बताइन्छ । सुरुवातमा कामदारपछि ग्याँस स्टेशनकै मालिक बन्ने पनि धेरै रहेका छन् । अमेरिकामा सैयौंको संख्यामा ग्यास स्टेसनका मालिक नेपालीहरु रहेका छन् ।
-अाेएसनेपाल
















