दोस्रो खेलमा पनि नेपाली टोली इन्डिया ‘ए’सँग हार्‍यो


काठमाडौँ : भारतको लखनउमा जारी एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत शुक्रबार सम्पन्न दोस्रो खेलमा नेपालको यू–१९ टोली भारतको यू–१९ ‘ए’सँग पराजित भएको छ ।

लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा नेपाल आठ विकेटले पराजित भएको हो । टस जितेर ब्याटिङ गर्दै नेपालले ४५ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर १५६ रन बनाएको थियो । एक सय ५७ रनको विजयी लक्ष्य भारतले २४ दशमलव १ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

भारतका लागि वाईभि राथोडले अविजित ५९ रन तथा प्रभासिमरन सिंहले अविजित ४६ रनको योगदान दिए । कप्तान अनुज रावतले ४७ रन बनाए । बलिङवर्फ नेपालका लागि कमलसिंह ऐरी र पवन सर्राफले एक-एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको नेपाली युवा टोलीले ४५.५ ओभरमा सबै विकेट गुमाई १५६ रन मात्रै बनाउन सक्यो । २३ रन बनाउँदा ३ विकेट गुमाएको नेपालका लागि तृतराज दास र सन्दीप जोराले सम्मालिएर ब्याटिङ गरेका थिए ।

नेपालका लागि सन्दिप जोराले सर्वाधिक ६६ रनको योगदान दिए । उनले ९३ बल खेल्दै एक छक्का र पाँच चौका हाने । तृतराज दासले ४६ तथा भीम सार्कीले २८ रन बनाए । एकाना अन्तराष्ट्रिय क्रिकेट मैदान लखनउमा भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो ।

दास र जोराले चौथो विकेटका लागि ६९ रनको साझेदारी गरे । २८.१ ओभरमा दास आउट भएपछि आएका भीम सार्कीले पनि राम्रो ब्याटिङ गर्दा नेपालले राम्रो स्कोर बनाउने सम्भावना देखिएको थियो ।

४०.१ ओभरमा ६६ रन बनाएर खेलिरहेका सन्दीप जोरा आउट भएपछि नेपालको लगातार विकट गुम्यो । नेपालका लागि जोरापछि तृतराज दासले ४६ रन र भीम सार्कीले २८ रनको योगदान गरे । अन्यले ५ रनभन्दा माथिको योगदान गर्न सकेनन्।

बलिङतर्फ भारतका वाईडी मङवानी र अजयदेव गौडले चार-चार विकेट लिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार