भेटियो १३ हजार वर्ष पुरानो बियर , यस्ताे छ शिकारी युगमा रक्सी बनाउन प्रयाेग गरिएकाे भट्टी !


इजरायलमा पुरातत्वविदहरुको टोलीले अनुसन्धानका क्रममा अहिलेसम्मकै संसारकै पुरानो मदिराको भट्टी पत्ता लगाएका छन् । अनुसन्धानकर्ताहरुले एक गुफामा पत्ता लगाएको उक्त भट्टीबाट १३ हजार वर्ष पुरानो रहेकाे जनाएका छन् । साे भट्टीबाट १३ हजार वर्ष पुरानाे बियरका केही अवशेष पनि फेला परेका छन् ।

चिहानबारे अध्ययन र अनुसन्धान गर्ने क्रममा मदिराको भट्टी पत्ता लागेको हो । उनीहरुले उक्त एेतिहाँसिक भट्टी शिकारी युगका घुमन्ते शिकारीहरुले बनाएको हुन सक्ने अनुमान गरेका छन् । जबकि यसअघि बियरको उत्पत्ति ५ हजार वर्ष पहिले भएकाे हो भन्ने भनाइ रहँदै आएको छ । यस पछिल्लो अनुसन्धानले सो कुरालाई गलत ठहर्याएको छ ।

जर्नल अफ आरक्योलोजिकल साइन्सको रिपोर्टअनुसार परापूर्वकालमा मृत ब्यक्तिको धार्मिक अनुष्ठानका लागि बियर बनाइृन्थ्यो । शोधकर्ताकाे टीमको नेतृत्व गर्ने स्टेनफोर्ड युनिभर्सिटीका प्रोफेसर ली लियूले स्टेनफोर्ड न्युजलाई भनेका छन् कि यो मानव निर्मित सबैभन्दा पुरानो बियर हो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार