बिबिसी
फिलिपिन्स र हंगकंगमा बितन्डा मच्चाएपछि आँधी चीन पुगेकाे छ । त्यहाँ पनि केहीकाे मृत्यु भइसकेको छ । आँधीका कारण त्यहाँ प्रतिघण्टा १ सय ६२ किलोमिटर गतिमा हावा र धुलकण बहिरहेको छ ।
‘म्याङकुट’ नामक साे आँधीले दक्षिणी चीनको जनजीवन अस्तव्यस्त पारेको छ, जहाँ डुबान वर्षा र तीव्र हुरी चलिरहेको छ।
प्रतिघण्टा १ सय ६२ किलोमिटरको वेगमा आएको उक्त आँधीका कारण उडानहरू रद्द भएका छन्, रेलहरू रोकिएका छन् र मुख्य सडकहरू बन्द भएका छन्। यसले गर्दा लाखौँ मानिसहरूको जनजीवन ठप्प भएको छ। जनघनत्व धेरै भएको ग्वाङडुङ प्रान्तमा उच्च सतर्कताका माझ घरहरू बन्द गरिएका छन्।

उता फिलिपिन्समा म्याङ्कुट आँधीकै कारण कम्तीमा ६४ जनाको ज्यान गइसकेको छ। फिलिपिन्सको उत्तरमा आपतकालका लागि खटिएको टोलीले आँधीले निम्त्याएको पहिरोमा फसिरहेका मानिसहरूको उद्धार गरिरहेको छ।
त्यहाँ खानीमा काम गर्ने कम्तीमा ३० जनासहित दर्जनौँको मृत्यु भएको छ।
सन् २०१८ को सबैभन्दा शक्तिशाली मानिएको आँधी म्याङ्कुट पश्चिमतिर अघि बढ्नुभन्दा पहिला शनिबार फिलिपिन्सको मुख्य द्वीप लुजोन हुँदै आएको थियो।
सतर्क रहन आह्वान
म्याङकुट आँधी भित्रिभुभागतर्फ अघि बढिरहँदा ट्रपिकल डिप्रेसन भनिने उष्ण भुभागमा हुने वर्षा हुँदै विस्तारै मंगलबारसम्म कमजोर हुँदै जाने ठानिएको छ।

म्याङ्कुट आँधीका कारण आइतबार अपरान्ह जियाङमेगन सहर नजिकैको चिनियाँ तटमा पहिरो गएको थियो।
म्याङ्कुट आँधीले विध्वंश निम्त्याउनसक्ने भन्दै चीनमा करिब २५ लाख मानिसहरूलाई अन्यत्र सारिएको छ र उच्च सतर्कता अपनाउन भनिएको छ।
आँधीको असर हङकङमा पनि देखिएको छ र त्यहाँका गगनचुम्बी घरहरूका झ्यालहरू उडाएका छन्। उक्त आँधी चीनको तटीय शहर जियांगमेनमा अपरान्हमा पुग्यो । हज्जारौंलाई ग्वांगडूंग बाहिर पठाइएको छ र प्रशासनले चेतावनी जारी गरेको छ ।
हङकङ घरबाहिर ननिस्कन चेतावनी

हङकङमा पनि प्रशासनले हाई अलर्ट जारी गर्दै मानिसहरुलाई घरबाहिर ननिस्कन चेतावनी दिएको छ । त्यहाँ हावाको गति एक सय ७७ किलोमिटर प्रतिघण्टा रहेको छ ।
घाइतेका संख्या एक सय ११ बताइएको छ । शहरम पानीको स्तर १२ फुटसम्म पुगेको छ र सडकमा जिउँदा माछाहरु तैरिरहेका छन् ।
धेरैजसो पसल र सार्वजनिक सेवा बन्द गरिएको छन् । यो आँधीले विमान परिचालनमा पनि विशेष असर पुर्याएको छ । हंगकंग अन्तर्राष्ट्रिय विमानस्थलमा आठसय बढि उडान रद्द गरिएका छन् । यसले एक लाख यात्रु प्रभावित भएका छन् ।
















