नेपाली राष्ट्रिय टोलीका पुर्व कप्तान अनिल गुरुङ ललितपुरे क्लब रुस्लान थ्री स्टार क्लबमा अनुबन्धित भएका छन् । थ्री स्टारले बिहिबार आधिकारिक सामाजिक संजाल फेसबुकबाट थ्री स्टारले क्लबको जर्सीसहित अनिलको तस्विर राख्दै भनेको छ, अनिल गुरुङलाई थ्रीस्टार क्लबमा स्वागत छु ।

लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दीले अनिललाई क्लबमा नराख्ने संकेत देखाए पछि उनि पुरानो क्लब त्यागेर रुस्लान थ्री स्टार क्लबमा अनुबन्धित भएका हुन् । भारतको शीर्ष डिभिजनको क्लब सिलोङ लाजोङ, ब्रिगेट ब्वाईज, मनाङ मस्र्याङ्दी, न्युरोड टिम एनआरटीबाट खेली सकेका अनिल यो बर्षको स्मारक ुएु डिभिजन लिगमा थ्री स्टारको जर्सी लगाउने छन् ।
तेस्तै बुद्ध एयर गोल्ड कपको उत्ख्रिस्ट खेलाडि बिबेक पौडेललाई हिमालयन शेर्पाले अनुबन्धित गरेको छ । यसै गरि च्यासल युवा क्लबले डिफेन्डर देवेन्द्र तामाङ, हेमन्त थापामगर, दिनेश थापा मगर र योगेश गुरुङलाई क्लबमा अनुबन्ध गरिसकेको छ । विश्व अधिकारी, अमिर श्रेष्ठ, यु–१९ का छिरिङ गुरुङ र गौरव बुढाथोकीलाई पनि क्लबमा अनुबन्ध गरिसकेको छ ।
















