विषाक्त मदिरा सेवनबाट मलेसियामा मर्ने नेपालीको संख्या ७पुग्यो

काठमाडौं– मलेसियामा विषाक्त मदिरा सेवनबाट ज्यान गुमाउने नेपाली कामदारको संख्या ७ पुगेको छ । मलेसियास्थित नेपाली दुतावासले शुक्रबार जनाएअनुसार मदिरा सेवनबाट मृत्यु हुनेको संख्या सात पुगेको हो ।

दुतावासका अनुसार १२ जना उपचाररत रहेको र ५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

मृत्यु हुनेहरुमा बसेरी–३ धादिङका विवश घले भनिने मिम बहादुर घले, मसिना–६, रुपन्देहीका राम कुमार यादव, अमरगढी–५ डडेलधुराका विशाल बुढाथोकी, पश्चिम कुशाहा– ९, सुनसरीका सञ्जय उराव, सिद्धिथुम्का–९ इलामका बलबहादुर कुलुङ र ठेगाना नखुलेका आइतसिंह गोले सर्लाही र दुर्गासिंह राना नवलपरासी रहेका छन् ।

दुर्गा सिंह रानाको आज मृत्यु भएको हो ।

अस्पतालमा उपचाररत अन्य बिरामीको विवरण यस्तो छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार