-प्रेम चन्द्र भण्डारी
लिस्बोन,पोर्तुगल
चितवन समाज पोर्तुगलले ऐतिहासिक प्रथम अधिवेशन गर्ने भएको छ। सेप्टेम्वर ३०,२०१८ आइतवारको दिनको ठीक ३.३० वजे अधिबेशन गर्ने निर्णय भएको कुरा समाजका संयोजक तुलसीराम थपलियाले भ्वाइस अफ नेपाललाइ जानाकारी गराउनु भएको छ|

उक्त अधिबेशन वेला भिस्ता पार्कमा वार्विक्यूका साथ सुसंपन्न हुनलागेको र पोर्तुगलमा बसोवाश गर्ने सम्पूर्ण संघसस्थाका अधिकारिक व्यक्तित्व, व्यवसायी,संचारकर्मीहरु,पत्रकारहरु लगायत पोर्तुगलका बुद्धिजीवी तथा प्रतिनिधिहरुलाई उपश्थित हुन निमन्त्रणा गरेको छ।
उक्त समाज अनुमानित झन्डै ४ हजारको संख्यामा पोर्तुगलमा वस्दै आएका सवै चितवनवासी नेपालीहरूको पारस्परिक संवन्धलाइ अझै मजवुद वनाउंदै समाजको उत्तरोत्तर प्रगतिको लागि स्थापना भएको छ। उक्त्त अधिवेशन भव्य र सभ्य वनाइ सफलताका साथ सुसंपन्न गर्न संपूर्ण पोर्तुगलमा रहनुभएका चितवन वासी नेपाली दाजुभाइ दिदीवैनीहरूलाइ कार्यक्रमलाइ आफुले सकेको विभिन्न तबरबाट सहयोग गर्न अनुरोध गरेको छ ।
मिति- सेप्टेम्वर ३०, २०१८
स्थान: वेला भिस्ता पार्क
समय: दिनको ठीक ३.३० वजे।
















