एजेन्सी : विश्व फुटबल दुनियाँमा यतिबेला सर्वाधिक चर्चाको चुलीमा छन् क्रोएसियामा स्टार फुटबलर लुका मोड्रिच । रसियामा सम्पन्न विश्वकप फुटबल उत्कृष्ट प्रदर्शन गर्दै क्रोएसियालाई फाइनलसम्म पुर्याएका क्रोएसियन क्याप्टेन मोड्रिचले सोमबार राति फिफा वर्ष खेलाडी बनेपछि त विश्वभर झनै चर्चा कमाए ।

फिफा वर्ष खेलाडीमा सन् २००८ देखि लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोको बर्चस्वलार्इ तोड्दै मोड्रिच फिफा वर्ष खेलाडी बन्न सफल भए । रसिया विश्वकपका उत्कृष्ट खेलाडी उनले मिडफिल्डमा देखाउने जादुयी प्रदर्शनको प्रेरणामा स्पेनिस क्लब रियल मड्रिडले लगातार तीन पटक च्याम्पियन्स लिगको उपाधि पनि जितेको छ ।
फिफा वर्ष खेलाडी चयनको क्रममा खेलाडी र कोचको उत्कृष्ट ३ खेलाडी छनोट शैली यस वर्ष केही व्यक्तिका कारण रोचक बन्यो । प्रभावशाली खेलाडीहरू कसले कसलाई भोट दियो ? भन्ने कुरा धेरैको चासोको विषय बनेको छ ।
खासगरी लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, लुका मोड्रिच, कोलियन एम्बापे लगायत प्रभावशाली खेलाडी कसले कसलाई भोट दिए ? फिफाले यसको विवरण सार्वजनिक गरिसकेको छ ।
जहाँ लियोनल मेस्सीले आफ्ना मुख्य प्रतिष्पर्धीका रुपमा रहेका क्रिस्टियानो रोनाल्डोलाई उत्कृष्ट ३ खेलाडीको सूचीमा भोट हाले । अर्थात्, आफ्नै देशका खेलाडीलाई छोडेर फरक क्लब र देशका प्रमुख प्रतिस्पर्धी रोनाल्डोलाई उनले भोट दिए ।
मेसीले यसरी पहिलो पटक रोनाल्डोलाई भोट दिएका हुन् । सन् २०११ देखि नै आफ्नै देश वा क्लबका खेलाडीलाई नै उनले भोट दिँदै आएका थिए । यसको जबाफमा रोनाल्डोले भने मेस्सीलाई भोट नै दिएनन् । रोचक त के छ भने, मेसी र रोनाल्डो दुवैको रोजाइमा परे फिफा वर्ष खेलाडी बन्न सफल लुका मोड्रिच ।
यहाँ हेरौँ कसले कसलाई भोट दिए ? सूचीसहित :
लियोनल मेस्सी :
लुका मोड्रिच
केलिएन एम्बापे
क्रिस्टियानो रोनाल्डो
लुका मोड्रिच :
राफेल भाराने
क्रिस्टियानो रोनाल्डो
एन्टोनियो ग्रिजम्यान
क्रिस्टियानो रोनाल्डो :
राफेल भाराने
लुका मोड्रिच
एन्टोइन ग्रिजम्यान
ह्यारी केन :
क्रिस्टियानो रोनाल्डो
लियोनल मेसी
केभीन डे ब्रायन
डिडियर डिस्च्याम्प्स, फ्रान्सेली कोच
एन्टोनियो ग्रिजम्यान
राफेल भाराने
केलियन एम्बापे
ग्यारे साउथगेट (इंग्ल्याण्डका कोच) :
लुका मोड्रिच
राफेल भाराने
एडेन हाजार्ड
सर्जिओ रामोस (स्पेनिस कप्तान) :
लुका मोड्रिच
क्रिस्टियानो रोनाल्डो
लियोनल मेस्सी
एडेन हाजार्ड (बेल्जियनका कप्तान) :
लुका मोड्रिच
राफाल भाराने
केलियन एम्बापे
जेलाट्को डेलिक, क्रोएसियन कोच :
लुका मोड्रिच
लियोनल मेसी
क्रिस्टियानो रोनाल्डो
रोबोर्टो मार्टिनेज, बेल्जियमका कोच :
लुका मोड्रिच
राफेल वाराने
लियोनेल मेसी
टिटे, ब्राजिलियन कोच :
लुका मोड्रिच
मोहम्मद सलाह
क्रिस्टियानो रोनाल्डो
लुइस इन्रिक, स्पेनिस कोच :
लियोनेल मेसी
लुका मोड्रिच
मोहम्मद सलाह
मिरान्डा, ब्राजिलियन कप्तान :
क्रिस्टियानो रोनाल्डो
केलियन एम्बापे
लियोनेल मेसी
ह्युगो लियोरिस, फ्रेन्च कप्तान :
राफेल वाराने
एन्टोनियो ग्रिजम्यान
केलियन एम्बापे
म्यानुअल निउर, जर्मनीका कप्तान :
एडेन हजार्ड
लुका मोड्रिच
राफेल भाराने
भर्जिल भान्डिक, नेदरल्यान्ड कप्तान :
मोहम्मद सलाह
केभिन डे ब्रायन
केलियन एम्बापे
रोबर्ट लियोन्डोस्की, पोल्यान्डका कप्तान :
लुका मोड्रिच
राफेल वाराने
केलियन एम्बापे
डिएगो गोडिन, उरुग्वेका कप्तान :
एन्टोनियो ग्रिजम्यान
मोहम्मद सलाह
लुका मोड्रिच
जोकिम लो, जर्मन कोच :
लुका मोड्रिच
केलियन एम्बापे
एडेन हाजार्ड
ओस्कार टाबरेज, उरुग्वेका कोच :
एन्टोनियो ग्रिजम्यान
एडेन हाजार्ड
लियोनल मेस्सी
एन्द्रेस ग्वार्दादो, मेक्सिकन कप्तान :
लुका मोड्रिच
लियोनल मेस्सी
एन्टोनियो ग्रिजम्यान
फर्नान्डो स्यान्तोस, पोर्चुगिज कोच :
क्रिस्टियानो रोनाल्डो
लुका मोड्रिच
एडेन हाजार्ड
रोबर्ट म्यानसिनी, इटालीयन कोच :
क्रिस्टियानो रोनाल्डो
केलियन एम्बापे
लुका मोड्रिच
जर्जिओ सिलिनी, इटालीयन क्याप्टेन :
क्रिस्टियानो रोनाल्डो
लुका मोड्रिच
मोहम्मद सलाह
















