
-रिया भण्डारी,
असोज रोग र भोकले कसैलाई आफ्नो र कसैलाई पराई भन्दैन । यस्ले सबैलाई सताएर नै छाड्छ । त्यसमाथि अहिले उमेर ढल्केपछि मात्र देखिने रोगहरुले कलिला बालबालिका तथा किशोरहरुलाई पनि सताउन थालेपछि अब रोगहरुले उमेरको हद्लाई त्यागेको संकेत दिन थालेको छ । बदलिदो विश्व परिस्थिति , जलवायु परिवर्तनमा भएको असरदेखि लिएर यावत कारणले रोगले पनि आफ्नो दृष्टि र दायरा परिवर्तन गरेको भान हुन थालेको छ । जसबाट नेपाल पनि अछुतो छैन् ।
पछिल्लो ५ बर्षमा नेपालमा पनि बालबालिकामा क्यान्सर बढेको छ । आर्थिक बर्ष २०७४ / ७५ मा कान्ति बाल अस्पतालको ओपिडीमा १४ सय २५ क्यान्सरका बिरामी आएका छन् । बालबालिकाको क्यान्सरको उपचार हुने कान्ति र भरतपुर क्यान्सर अस्पतालमा गरी एक बर्षमा १७ सय ४३ बालबालिकालाई क्यान्सर भएको पाइएको थियो । ओखलढुंगा गाम्नागटारका ४ बर्षीया दीपक बिष्टलाइ मृगौलाको क्यान्सर भएको छ । दुई महिना अघि शौंच गर्दा पिसाबमा रगत देखिएपछि उपचारको क्रममामा मृगौलाको क्यान्सर भएको पत्ता लागेको हो । हाल उनको कान्तिमा उपचार भैरहेको छ ।
चिकित्सकले उनको उपचारमा १५ लाख खर्च हुने बताएका छन् । दुइ खसी र एउटा भैसी बेचेर उपचार गरिरहेको उनका बाबु गणेशको दुखेसो छ । त्यस्तै सर्लाही बागमतीका संदेश जिम्बाका दुइ बर्षीया छोरा सोम जिम्बालाई पनि ३ महिना अगाडि छातीमा ट्युमर देखियो । उपचार गरे निको हुने चिकित्सकले बताए पनि गरिबीले उपचार खर्च धान्न र बाच्नै मुस्किल परेको भन्दै उनकी श्रीमती अनिता जिम्बा आँशु बगाउन विवश छिन् ।
यी त केहि प्रतिनिधि पात्र हुन् यस्ता कयौ कलिला उमेरका क्यान्सर रोगीका व्यथा र पीडाले फरिएको छ कान्तिको अन्कोलोजी वार्ड । एक बर्षमा कान्तिको ओपिडी १४ सय २५ जना बालबालिकामा क्यान्सर देखिएको छ । आर्थिक बर्ष २०७४ / ७५ मा १४ बर्ष मुनिका ६ सय ९९ क्यान्सरका बिरामीको उपचार गरेको कान्तिमा ब्लड क्यान्सर र आँखाको क्यान्सर बढी देखिएको छ । ब्लड ,आँखा ,बोनम्यारो लगायत उपचार गरे निको हुने क्यन्सार बालबालिकामा बढ्दो छ । तर समय मै रोग पत्ता नलाग्दा क्यान्सरले कलिलैमा ज्यान गुमाउने पनि बढी छन् ।
एक्कासि टाउको धेरै दुख्नु र हात खुट्टा वा हड्डी दुख्नु ,संक्रमण र चोटपटक बिना नै हात खुट्टा सुनिनु एक्कासि आँखा टेढो हुनु, आँखा सुनिनु संक्रमणका लक्षण र ज्वरो बिना नै नदुख्ने खालका गाँठागुठी देखिएमा क्यान्सर पनि हुन सक्छ । हरेक बर्ष क्यान्सरबाट नेपालमा १५ हजारले मृत्युवरण गर्दै आएका छन् । १० वर्षको अवधिमा क्यान्सरका कुल बिरामी मध्य ८ प्रतिशत १४ वर्षमुनिका बालबालिका छन् ।
त्यसैले आफ्ना बालबालिकामा देखिएको स्वास्थ्य समस्यालाइ बेवास्ता नगरौ । समय मै पत्ता लागे बालबालिकामा हुने क्यान्सर निको हुने सम्भावना उच्च छ ।
















