कुवेत आएको ४ महिनामै हृदयघातबाट एक नेपालीको मृत्‍यु

– हरी कृष्ण न्यौपाने / कुवेत

रोजगारीका लागि कुवेत आएको चार महिनामै ढल्केबर-७ धनुषाका ४१ बर्षिय श्री नारायण दास तात्माको हृदयघातको कारण मृत्‍यु भएको छ।सेप्टेम्बर २९, शनिबार,२०१८का दिन बिहान रक्तसंचार(ब्लड प्रेशर)बढे पछी अस्पातल पुर्याइएका श्री नारायणको सोही दिन कुवेतको जाहारा अस्पातलमा मृत्‍यु भएको हो।

राहदानी नं-१०५८७४३८ (धनुषा)का श्री नारायण दास तात्मा कुवेतको अल टेक्निया फर्निचर कम्पनीमा काठको काम गर्ने(कार्पेन्टर)का रुपमा चार महिना पहिला मात्र कुवेत आएका हुन।

नेपाली दुताबास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनले भने”२९ सेप्टेम्बरका दिन अश्वस्थ भए पछी जहारा अस्पातल पुर्याइएका दासलाई ब्लड प्रेशर बढे पछी हृदयघातका कारण मृत्‍यु भएको हो।लिङ्देनले थपे” मृतकका भाई पनि कुवेतमै भएको र मृतकको कम्पनीले पनि आबश्यक सहयोग गरिरहेको हुनाले बाँकी कानुनी प्रकृया पुरा गरेर मृतको शबलाई छिट्टै नेपाल पठाउन नेपाली दुताबासले काम गरिरहेको छ।”

मृतक तात्माको घरमा श्रीमती, तीन छोरा र एक छोरी रहेका छन।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार