
मन भित्र खुल्दुली आई रहेका केही कुराहरु –
गत आईतबार सम्पन्न गैर आवशीय नेपाली संघ यूकेको काउन्सिल बैठकमा केहि घण्टा भए पनि आफ्नो उपस्थिति जनाउन भ्याएँ | खुसी लाग्यो धेरै टाडाका साथीभाईहरु सँग पनि भलाकुसारी गरियो तर अधिकाँसले भन्न नसक्ने गाङ्गुन सुन्नु पर्यो | सँस्थाको एक वर्षे खर्च बिभिन्न सिर्सक मार्फत रकम निकास गरिएको रहेछ सरसर्ती हेर्दा साह्रै दुख पनि लाग्यो |
सँस्थाको आम्दानीको शिर्षक दुई = सदस्यता +उमेदवारीहरुको दस्तुर
एक वर्ष भित्र खर्च आफै मुल्यांकन गर्नु होस् –
एक परोपकारी सँस्थाको हैसियतले सँस्थाको खातामा भएको रकम यसरी जथाभावी भुक्तान गरि एक वर्ष भित्र करिब करिब ९५ % नै सक्दा अब सर्व साधारण आउने दिनमा के का लागि अनि कस्का लागि सदस्यता भईकन फेरि सँस्थामा पैसा थुपार्ने ?
जब सम्म नेतृत्वबाट सिन्डिकेट प्राणाली तरिकाले बर्षेनी सँस्थाको रकम लहिनो गाईले दुध दिई रहे झैँ दिई रहने परिपाटीको अन्त्य हुँदैन तब सम्म सँस्थालाई दश हजार सदस्यता यस पाली देखि बनाउने एक सपना मात्र होला भनि आँकलन गर्न गाह्रो नपर्ला | त्यस भित्र सबैको सपना,पसिना र आशा परेको छ |
यदि यस्तै पारा हो भने नेपाल हाउसको परिकल्पना कहिले पुरा हुन्छ ?
करिव एक वर्ष अगाडि देखि “रोयल वरो अफ ग्रिनवीच नेपाली सोसाईटी” ले नेपाली भाषा कक्षा तथा नेपाली संस्कृती पठन पाठन गराऊदै आई रहेको छ | प्रत्यक्ष रुपमा करिव ५० जना नेपाली बालबालिकाहरुले निशुल्क पढि रहेका छ्न | पठन पाठन सम्पूर्ण खर्च सँस्थाले नै व्योहोरी रहेको जानकारी दिन चाहान्छौं |
आरजिएनयसले सँचालन गरिरहेको नेपाली भाषा कक्षालाई केहि सहयोग पुगोस् भनि “साउथ ईस्ट रेजिनल तमुधी लण्डन” ले गत १८ अगस्ट २०१८ शनिवारका दिन एक स्पोर्ट्स डे कार्यक्रम गरेको थियो | त्यसबाट उठेको रकम खर्च कटाई “साउथ ईस्ट रेजिनल तमुधी लण्डन” ले गत शनिवार £250 सहयोग स्वरुप प्रदान गर्यो त्यस्तै गरि साउथ लण्डनमा एक बुद्ध धर्मालम्बीहरुको लागि गुम्बा हुनु पर्दछ भनि स्थापना गरिएको सँस्था ” डाईमन्ड बुद्धिस्ट सेन्टर यूके ” लाई पनि जनही £250 सहयोग स्वरुप सँस्थाका अध्यक्ष श्रीचन्द्र गुरुङबाट हस्तान्तरण गरियो |
स्मरण रहोस् करिव छ सात महिना भन्दा पनि अगाडी देखि नेपाली भाषा कक्षा सन्चालन गर्नको लागि केहि आर्थिक सहयोग आवाश्यक परेको हुनाले एनआरएन यूकेलाई एक अनुरोध पत्र पठाएका थियौं र त्यसको नेतृत्व आरजीएनयसका महासचिव तथा एनआरएन यूके कार्यसमिति सदस्य जित रानाभाट मार्फत गरेका थियौं | तर त्यस बारे कुनै जानकारी न आएको अवगत गराऊदछु |
यदि क्षेत्रगत तरिकाले पनि साउथ ईस्ट लण्डनको सदस्यताहरुको भावना र स्थानीय कम्युनिटीहरुको अनुरोधलाई समेत मनन् गरिदैन भने अब सोंच्नु पर्ने अवस्था आयो कि भनि सोच्न बाध्य भएका छौं !!!
आशा छ आगामी नेतृत्वले एनआरएन यूकेका निवर्तमान अध्यक्ष मुक्षेत्र गुरुङज्युको अनुसरण गर्न सिकोस् भनि अनुरोध गर्दछु |
( ह्यारी गुरुङ साउथ ईस्ट रेजिनल तमुधी लण्डनका महासचिव , आरजीएनयसका कोषाध्यक्ष तथा एनआरएन यूकेका सल्लाहकार हुन्। )
















