दोस्रो मिसेस नेपाल यूके २०१८ का यी अन्तिम १३ प्रतिस्पर्धी – फाइनल यही बुधवार २४ अक्टोवर सम्पन्न हुने ( फोटो फिचर )

बेलायतमा आयोजना हुने दोस्रो मिसेस नेपाल यूके २०१८ को फाइनल यही बुधवार ह्यारोे स्थित ह्यारो फुटबल क्लबमा सम्पन्न हुने भएको छ । यस पटक मिसेस नेपाल यूके २०१८ को लागि बेलायतका विभिन्न स्थान र विभिन्न पेशामा आवद्ध १३ सहभागीहरु प्रतिस्पर्धा गर्दै छन् ।

सहभागी प्रतियोगीहरुलाई विभिन्न विधाका विज्ञहरुबाट व्यक्तित्व विकास, योगा तथा फिटनेस तालिम, हेयर एण्ड ब्यूटी टिप्स र बकिङह्याम प्यालेस भ्रमण गराइनुका साथै प्रतिस्पर्धाको सम्पूर्ण तयारी सकिएको अयोजक संस्थाकी निर्देशक एवं मिसेस नेपाल युनिभर्स २०१८ विजेता मनिषा डंगोल श्रेष्ठले बताइन् ।

बेलुकी ६ बजेबाट शुरु गरिने उक्त प्रतिस्पर्धामा प्रतियोगीहरु ४ सिक्वेन्समा विभिन्न पहिरनमा प्रस्तुत हुने छन् । उक्त सिक्वेन्स पश्चात निर्णायक मण्डलको नम्बरको आधारमा उत्कृष्ट ५ र उत्कृष्ट ५ लाई सोधिएको प्र्रश्न उत्तरको आधारमा कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथि लगायत करिब ३०० दर्शकलाई साक्षी राख्दै दोस्रो मिसेस नेपाल यूके २०१८ घोषणा गरिने छ ।

लन्डन फेशन हाउसले दोस्रो पटक आयोजना गर्न लागेको यस प्रतियोगीतामा मिसेस नेपाल यूके, फस्ट रनर अप, सेकेन्ड रनर अप, पब्लिक च्वाइस, फोटोजेनिक, क्याटवक, वेष्ट शेफ, ब्यूटी फर चेन्ज आदि टाईटल राखिएको छ । विजेताहरुले ट्रफी, विभिन्न गिफ्ट हयाम्पर, म्युजिक भिडियो, विज्ञापन लगायत अन्य अवसर पाउने अयोजक संस्थाकी निर्देशक श्रेष्ठले बताइन् । कार्यक्रमलाई गत वर्षकी विजेता मिसेस नेपाल यूके २०१७ आस्था जोशीले संयोजन गर्दै छिन् । साथै उनलाई सुस्मीता थापाले साथ दिने छिन् । कार्यक्रमको विचमा विविध सांगितिक कार्यक्रम समेत रहने छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार