नेपाली जनसम्पर्क समिति बेल्जियमले पुर्व अध्यक्ष गंगाधर गौतमलाई साधारण सदस्य समेत नरहने गरि ४ बर्षलाई निष्कासित गरेको छ । अध्यक्ष सीता सापकोटा र महामन्त्री दिनेशप्रसाद भन्डारीद्वारा हस्ताक्षरित बिज्ञप्तिबाट यस्तो कार्वाही गरिएको हो । गौतम नेपाली जनसम्पर्क समिति युरोपमा महामन्त्री समेत रहेका छन् । यसैगरी नेजसस बेल्जियमका अर्का महामन्त्री सुभाष गुरुङलाई पदबाट बर्खास्त गरिएको छ । बर्खास्ती संगै गुरुङ पनि ४ बर्षलाई निष्कासनमा परेका छन् ।
हेर्नूहोस् बिज्ञप्ति जस्ताको तस्तै:

यसैबीच बेल्जियम स्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समिति औपचारिक रुपमा विभाजन भएको छ । नेपाली जनसम्पर्क समितिका महामन्त्रि सुभाष गुरुङको नेतृत्वमा आइतवार राति लुभेनमा भएको एक भेलाले वर्तमान सभापति सिता सापकोटाको नेतृत्व नमान्ने घोषणा गर्दै नयाँ कार्यसमिति गठन गरेको हो ।
भेलाले सुभाष गुरुङको सभापतित्वमा १५ सदस्सीय नयाँ कार्यसमितिको घोषणा गरेका छ । समितिको उपसभापति गजेन्द्र बोगटी, महामन्त्रि अनुजा प्रधान, सहमहामन्त्रि सूर्य बहादुर गुरुङ्ग, कोषाध्यक्ष पार्वता शर्मा रहेका छन् । यस्तै सदस्यहरुमा गोविन्द सिहं अधिकारी, भाइथेवा तामाङ (जुमकाजी), विनोद पौडेल, नन्दराज घले, चिनीमाया तामाङ, राधा प्रधान, शरद क्षेत्री, सागरदाश श्रेष्ठ, शिव खरेल र शैलेश मल्ल छन् ।
सभापति सिता सापकोटाले पार्टी भन्दा गुट चलाएको आरोप गुरुङ पक्षले लगाएको छ । गुरुङले भने प्रजातान्त्रिक पार्टीको बैठकमा राय समेत राख्न नदिने सभापतिलाई अब हामी मान्दैंनौ । गुरुङले भने उहाँ मनोमानी रुपमा अगाडी बढ्नु भयोे, यो नेपाली कांग्रेसको चरित्र होइन् । कांग्रेस नेता रामचन्द्र पौडेल यहाँ आउँदा सबै कार्यकर्तासंग भेट्न समेत बन्देज लगाइयो यो सबै ब्यक्तिबादी सोचको उपज हो, ‘सापकोटाको नेतृत्वमा सबै नेता तथा कार्यकर्ता बस्ने अवस्था नरहेका कारणले हामी छुटै संगठित भएर अगाडी बढ्ने निर्णय गरेका हौं’ गुरुङले भने ।
गुरुङले नयाँ कार्यसमितिको बैठक २८ अक्टोवरमा बस्ने निर्णय भएको जानकारी दिदैं सो बैठकबाट सबै कांग्रेस कार्यकर्ताहरुलाई समेटर लैजाने वताए ।
















