अमेरिकामा बसोबास गर्ने एकजना नेपाली प्रमोद रेग्मीलले जहाज बनाएर त्यसको सफल उडान भरेका छन् ।
पेसाले सुरूमा इन्जिनियर रहेका रेग्मीको सानैदेखी पाईलट बन्ने ईच्छा थियो । पछि उनले पाइलटको कोर्स पुरा गरी जहाज उडाउन सुरू गरेपछि रेग्मीको मनमा आफैँ जहाज बनाउने ईच्छा पलायो । आफ्नै ग्यारेजमा डेढ बर्षको कडा परिश्रमबाट रेग्मीले जहाज बनाए र अमेरिकी आकाशमा उडाए ।
डेढ करोड नेपाली रुपैयाँमा बनेको जहाज अन्ततः ग्यारेजबाट हवाइ मैदानमा पुग्यो । जुन १४ जुन २०१८ मा जहाजले पहिलो उडान भर्यो र सफलतासाथ अमेरिकी सरकारको हवाइ विभागमा सूचिकृत हुँदै नियमित उडान अनुमति पनि पायो । तिनै प्लेन बनाउने पाईलट पेसाले ईन्जिनियर प्रमोद रेग्मी ।
















