योगेन्द्रमिलन छन्त्याल, पोर्तुगल ।
म्याग्देली प्रवासी नेपाली संघ (मोना) अन्तरराष्ट्रिय कार्यसमितिको चौथो वार्षिक साधारण सभा पोर्तुगलमा सम्पन्न भएको छ । आइतबार शुरु भएको साधारण सभाले दुई दिनको व्यापक छलफलसहित १२ बुँदे पोर्तुगल घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो ।

सहभागीहरुले मोनाको एकताबाट सबै नेपाली समुदायले पाठ सिक्नुपर्ने कुरा बताएका छन् । जन्मभूमिमा सामाजिक तथा मानवीय सहयोग गर्न संगठित अभियानहरु सञ्चालन गरेर नेपाली समुदायबीच नमूना बनेकोमा उनीहरुले मोनाको तारिफ गरेका छन् ।
लिस्बनका लागि नेपाली अवैतानिक वाणिज्यदूत मकर हमाल, मोना आइइसी प्रमुख संरक्षक योगेन क्षेत्री, पर्यटनदूत रमेशकुमार गुरूङ, एनआरएनए पोर्तुगलका अध्यक्ष कुवेर कार्की, साधारणसभाका संयोजक, एनआरएनए बेलायतका अध्यक्ष एवम् मोना आइइसी उपाध्यक्ष योग कुमार फगामी, नारी समाज पोर्तुगलकी अध्यक्ष सीता बराल र मोना पोर्तुगलका अध्यक्ष कुमार राम्जालीले उद्घटन सत्रमा शुभकामना मन्तव्य दिएका थिए ।
यसैगरी मोना अष्ट्रेलियाका अध्यक्ष मुक्ति रोका, मोना नेदरल्याण्डका अध्यक्ष जंगबहादुर पुन, मोना कोरियाका अध्यक्ष किसान सेञ्चुरी, मोना बेल्जियमका प्रतिनिधि एवम् विश्व मगर संघका अध्यक्ष लोक राना, ओमुकमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य, मोना यूकेका महासचिव कुमार फगामीलगायतले पनि शुभकामना मन्तव्य दिएका थिए ।

साधारणसभामा संस्थागत विकाससँगसँगै संयुक्त लगानी, मोनाको सञ्जाल नपुगेका विभिन्न देशमा विस्तार गरी छरिएका म्याग्देलीलाई एकिकृत गर्ने, १ करोडको महिला तथा बालबालिका लक्षित अक्षय कोष, एकद्वार प्रणाली, मोना आइइसीको विधान संसोधन, मोना खेलकुद कार्यदल गठन, मोना बेनी लब्ली हिल पदमार्ग निर्माणलगायतका विषयमा महत्वपूर्ण निर्णयहरु पारीत भएका छन् । बन्द सत्रमा राष्ट्रिय कार्यसमिति र क्षेत्रीय संयोजकका आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
साधारण सभामा लोक गायक बिल पुर्जा मगरको टोलीले म्याग्दीकै पुरानो पुर्ख्यौली नाच प्रस्तुत गरेको थियो । गायक मेकसम खाती क्षेत्री र अनुषा थापालगायतका कलाकारहरुले पनि आ-आफ्नो प्रस्तु ति पस्केका थिए । बेलायतबाट आएका कलाकारको खुकुरी नाच पनि कार्यक्रमको प्रमुख आर्कषण बनेको थियो । साधारणसभामा नेदरल्यान्डस्, बेल्जियम, अष्ट्रेलिया, दक्षिण कोरिया, न्युजिल्यान्ड, बेलायत, फ्रान्स, स्पेन, जापान, हङकङ र नेपालबाट म्याग्देलीसहित अन्य नेपालीहरुको सहभागिता रहेको थियो ।
मोना आइइसी उपाध्यक्ष ओमनारायण जुग्जालीको स्वागत, महासचिव मिम पुर्जाको सञ्चालन र अध्यक्ष चक्रबहादुर थापाको अध्यक्षतामा सभाको उद्घाटन कार्यक्रम होटेल साना लिस्बनमा सम्पन्न भएको थियो । बन्द सत्रको छलफल भने धौलागिरी रेष्टुरेन्ट क्याम्पो दे औरिकमा भएको थियो ।

चौथौ वार्षिक साधारण सभाबाट पारित घोषणापत्र
२०७५ कार्तिक ५ गते पोर्चुगल (२२ अक्टोवर २०१८)
प्रवासमा छरिएर रहेका म्याग्देलीहरुका बीच आपसि सम्बन्धको विकास गरी प्रवासमा आर्जित पूँजी, सीप र क्षमतालाई म्याग्दी जिल्लामा उपयोग गर्ने र म्याग्देलीहरुको उत्थान र समृद्धिको लागि कार्य गर्ने उद्देश्यका साथ २०६४।७।२ मा भेलाबाट तदर्थ समिति गठन भई मिति २०६६।११।५ मा सरकारी मान्यता प्राप्त गरी स्थापना भएको म्याग्दी प्रवासी नेपाली संघ को अन्तर्राष्ट्रिय कार्यकारी समिति चौथो बार्षिक साधारा सभा’’प्रवासी म्याग्देलीहरुको भावना, समृद्ध म्याग्दी हाम्रो चाहना” नाराका साथ मिति २०७५ कार्तिक ४ र५ गते पोर्चुगलको राजधानी लिस्बोनमा सम्पन्न भयो । यस साधारण सभा सम्पन्न गर्नका लागि मोना पोर्चुगल लाई विशेष धन्यवाद व्यक्त गर्दछौ । साथै गैर आवासिय नेपाली संघ, कलाकार, पोचुगल स्थित नेपाली संघ संस्था ,संचारकर्मी लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनुहुने सम्पूर्णप्रति आभार व्यक्त गर्दछौ । जिल्लाको समग्र समाजिक आर्थिक विकासका लागि प्रतिबद्ध यस संस्थाको ऐतिहासिक चौथो वार्षिक साधारण सभा पोचुगल, युके, बेल्जियम, अष्ट्रेलिया, अमेरिका, बहराइन, कतार, न्यूजिल्याण्ड, कोरिया, स्पेन, नेदरल्याण्ड, जर्मन लगायतका देशका प्रतिनिधिहरुको उपस्थितिमा देहायका बुँदासहित यो घोषणापत्र पारित गर्दै सम्पन्न भएको छ ।
१. संस्थालाइ सस्थागत बिस्तार गर्न पन्चकृत सदस्य को व्यवस्था गर्न मोना NEC संग सहकार्य गर्ने निर्णय गरियो /
२. जिल्लामा रहेका बालबालिका तथा महिला र पिछडिएका बर्गको हितका लागि अक्षयकोष संकलन गर्ने र बाकी रकम यहि २०१८ साल भित्रमा संकलन गर्न संकःप गरिने छ । सो कोषबावट जिल्ला मा रहेका बिपन्न परिवारका बालबालिका साथै महिलाहरुको अवस्था माथि उकास्न बिभिन्न कार्य गरिनेछ । उक्त कार्य सफल पार्न लाइ बर्तमान कार्य दल यथावत रहने र अक्षय कोष को लागि कार्य बिधि तयार गरि कार्य समितिलाई प्रताब पेस गर्ने गरि निम्न व्यक्ति हरुलाई समिति गठन गरीयो /
योगेन्द्र क्षेत्री
लोक राना
चक्र थापा
योग कुमार फगामी
मुक्ति रोका
३. प्रवासमा रहेका म्याग्देलीहरुको समस्यालाई एकजुट भएर सहयोग गर्ने घोषणा गर्दछौ । साथै जिल्लामा आपत विपत परेको बेलामा सम्पूर्ण म्याग्देलीहरुलाई एकजुट बनाई एकद्वार प्रणाली मार्फत आर्थिक भौतिक र सामाजिक सहयोग गरिने छ /
४. म्याग्दी प्रबासी नेपालि महिला संजाल लाइ बिस्तार गर्न निम्न समिती गठन गर्ने निर्णय गर्दछ /
आसा पुन – संयोजक
बिस्नु बानिया – उप संयोजक
ज्ञानु के सी – कोरीया
नैना तिलिजा – पोर्तुगल
निता पुन – बेल्जियम
अनुषा थापा – स्पेन
शर्मिला फगामी – यु के
५. बिस्व ब्यापी खेलकुद बिस्तार गर्ने उदेस्य सहित खेलकुद समिति गठन गर्ने निर्णय गरियो /
योग कुमार फगामी – संयोजक
सुमन बानिया – अस्ट्रलिया
राजन थापा – पोर्तुगल
किसन सेन्चुरी – कोरिया
सेर बहादुर सेरचन – नेदरल्याण्ड
बिशाल के सी – जापान
६. प्रवासमा हुर्कंदै गरेको नयाँ पुस्तामा म्याग्दी जिल्लाको आफ्नोपन, संस्कृति, परम्परा, भाषा र सीप हस्तान्तरण गर्न विदेशमा हुर्केका सन्ततिहरुलाई हरेक वर्ष कम्तीमा एक महिना गाउँमा फर्की स्वेच्छिक स्वयंसेवा गर्ने र स्वयंसेवाका माध्यमबाट च्यारिटी संकलन गर्ने प्रयत्न गर्नेछौं । यसका साथै । म्याग्दी जिल्लाको मौलिक कला, संस्कृतिको संरक्षणका साथै कलाकर्मी र खेलाडीहरुको प्रोत्साहनका लागि गतिविधिहरुमा प्राथमिकता दिनेछौं । परसंस्कृति अनुसरणका कारण सांस्कृतिक, धार्मिक विचलनबाट राष्ट्रियतामा पुग्ने दखलप्रति सजग रहनेछौं । परिवारसँग विछोड भई लामो समय विदेशमा रहँदा सिर्जना भएका पारिवारिक विखण्डन र विचलनलाई कम गर्न र पारिवारिक सुखप्रति ध्यान दिन जरुरी रहेको तथ्यलाई मनन गर्दै भूगोल बाहिर म्याग्दी जिल्लाको पहिचान र आफ्नोपनको जगेर्ना गर्नेछौं ।
७ अन्नपूर्ण गा पा का मा असथित धौलागीरी आधारभूत बिधालय निर्माण गर्न को लागि दडिवल खड्का र जंग पुन रहने र बेनी नगर पालिका मा अवस्थित जयन्ति मा बी भकिम्ली को लागि लोक राना र होम रोका संयोजक र सह संयोजक रहने गरि समिति गठन गरियो /
८ अब आउने ६ महिना भित्र सशर भरि को म्याग्दीले हरु समक्ष पुग्ने परिकल्पना सहित मध्य पुर्ब कतार मा MONA IEC को बैठक बस्ने निर्णय गरियो /
९ आउने अधिबेशन सर्ब सहमति देखि अन्न पूर्ण गा पा को घोरेपानी मा गर्ने निर्णय गर्दछ /
१० सामुहिक लगानीको लागी कृषि पशुपालन जडिबुटी, पर्यटन, जल बिधुत, होटेल रिसोट जस्ता सम्भावित क्षेत्र पहिचान गरेर सामुहिक लगानी भित्राउने निर्णय गरियो /
११ मोना बेनी लब्ली हिल पद मार्ग निर्माण योजनामा मोना आईईसी, बेनी नगर पालिका र उधोग बाणिज्य संघ म्याग्दी को सहकार्य मा निर्माणधिन परियोजना कार्य लाइ सम्पन्न गर्ने निर्णय गरियो /
१२ चौथो बार्षिक साधारण सभाका प्रमुख अतिथि, सम्पूर्ण बिषेस अतिथि, अतिथि तथा अतिथि गणमा हार्दिक धन्यवाद ज्ञापन गर्दै बिशेस भूमिका निर्बाह गर्नु हुने आयोजक रास्ट्र मोना पोर्तुगल लाइ सभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैमा हार्दिक धन्यवाद र आभार व्यक्त गर्दछौं ।
चक्रबहादुर थापा
अध्यक्ष
म्याग्दी प्रवासी नेपाली संघ
















