– भोला लामिछाने , स्पेन ।
दूताबास आएसगै स्पेनबासी नेपालीहरू आफुलाई भाग्यमानी सम्झेका छन् भने स्पेनमा रहेको नेपाली राजदुताबासले दुताबासमा आएका पास्पोर्ट लगायत बिभिन्न कागजी कामकारबाहीहरू गर्न कुनै कसर बाकी नराखेको जनाएको छ । अहिले सम्म आएका पास्पोर्टहरू बनिसकेका छन् । कतीपय पास्पोर्ट हरू आउने क्रममा रहेका छन् । पश्चिममा घर भएका एक जना हमाल थरका ब्याक्तीको नागरिकता नभकोले पासपोर्ट बन्ने क्रममा जिल्लामा सिडियो कार्यलय प्रमुख लाई बुझ्न लगाएका छौ बुझेर केश अगाडी बढ्छ ।यो बाहेक आजका मितीसम्म कसैको पास्पोर्ट लगायत कागजी कार्बाही नरोकीएको दुताबास स्रोतले जनाएको छ ।

स्पेनमा दुताबास स्थापना हुनु अघी स्पेन क्षेत्रलाई नेपाली दुताबास पेरिसले हेर्ने गर्थ्यो । नेपाली दुताबास पेरिसमा महिनौ सम्म फोन सम्पर्क गर्दा पनी सम्पर्क नहुने भै हाल्यो भने ईमेल गर्नुस भन्ने जवाफ आउथ्यो , सबै जानाकारी राखेर ईमेल गर्यो रिप्लाई नआउने आईहाले पनी ढिलो आउने , कुरियर गरेर पास्पोर्ट पठायो कहा पुग्यो के प्रक्रीयामा छ बुझ्न बढो कठीन परेको स्पेनमा रहेका नेपालीहरूमाझ जगजायर नै छ । यती मात्र होईन कुरियर गरिसकेर पठाईसकेको पास्पोर्ट पनी हराएको रेकर्ड पनी छ । अहिले स्पेनमै दुताबास स्थापना पछी जो कोहीले पनी नेपाली दुताबास म्याड्डीडमा सम्पर्क गर्न सक्छन् । कर्मचारीहरू समयमै कार्यलयमा हाजिर भएका छन् । अफिस समयमा तुरून्तै फोन सम्पर्क हरू हुन्छन् । कार्यालय समय बाहेक पनी व्याक्तीगत फोन मै सम्पर्क पनी गर्न सकीन्छ । यसरी त बिदेशमा दुताबास अभिभावक सरह छ भने गैर आवासीय नेपाली हरू लाई दुताबासले आफ्नै सन्तान सरह हेर्ने गरेको भनिएको हो ।
दुताबास आयो भन्दैमा जादुको छडी जसरी सबै समस्या भनेकै समयमा हल हुने पनी हैन । नेपाली हो भन्दैमा बोलेको भरमा दुताबासले टपक्क टिपेर पास्पोर्ट अनी भिसा दिने पनी होईन । यसमा प्रक्रियाहरू हुन्छन् नेपाल सरकार द्वारा राहदानी विभाग का निर्देशीका तयार हुन्छन् नियम कानुनका कुरा आउछन् । सिस्टमको कुरा आउछ । त्यसैमा टेकेर काम गर्नु पर्ने हुन्छ ।
पहिला दुताबास स्थापना नगर्दै राजदुत नियुक्ती भएको भन्ने विषयले ब्यापक चर्चा पनी पाएको थियो । सरकार परिवर्तन सगै के नेपाल सरकारले स्पेनमा राजदुत पठाउला र भन्नेमा धेरैको शंका उपशंका पनी उब्जायो । त्यो बेला स्पेनबासी नेपालीहरूलाई नैराश्य तुल्यायो ।नियुक्त गरेको राजदुत सहित दुताबास नै कतै कोल्याप्स हुने त हैन भनेर ।
दुताबास नबन्दै राजदुत नियुक्ती भएको खबरले मात्रै दुताबास आयो भनेर एन आर एन ए स्पेनको कार्यलयमा नै दुताबास आएको खुसीयाली गर्यौ , म्याड्डीडमा नेपाली नियोगको झन्डा फहराउनी भयो भन्दै ठुलो शान बोक्यौ , स्पेनमा खुलेका प्रत्येक जसो संस्थाका एजेन्डा राजदुताबास स्थापना नै हो भन्यौ , स्पेनका खुलेका राजनितीक भातृ संगठनहरूको प्रमुख एजेन्डा नै दुताबास स्थापना हो भन्दै प्रत्येक नेता गण पत्रकार महामहिम जो जो भेटीन्छ उहा हरू सग लामो लामो अन्तरक्रीयामा लामै समय लगाउदै लामो लामो पेपरमा २० हजारको हस्ताक्षर अभियान चलाएर नेपालमा नेतागण भेटेर फोटो खिच्दै ज्ञापन पत्र भन्दै थम्यायौ ।
भाग्यमानी स्पेनबासी नेपालीहरू भएर यतीबेला म्याड्डीडमा नेपाली नियोगको झण्डा फरफहराई रहेको छ ।स्पेनिस समुदाय अगाडी यो के नेपालको शान होईन ?
राजदुत नियुक्त गरेको लामो समय पछी नेपाल सरकारले बल्ल बल्ल स्पेनमा दुताबास सहित टोली पठाउन भने सफल भएको अवस्थामा पटक पटक स साना विषयलाई लिएर दुताबास नै धरापमा हुने गरेर हल्ला र अफवाह हरू फैलीरहेकाले पुन स्पेनको राजदुत देखी दुताबास नै के हुने हो भन्ने स्पेनबासी नेपाली समुदायमा शंका उपशंका उब्जिएको पाईएको छ ।
स्पेनमा दुताबास आएपछी झन नेपालीहरूले दुख पाए , कीन राजदुताबास भबनमा ह्वील चीयर छिर्न मिल्दैन ? दुताबासका कर्मचारीहरू पनी राजनीती गर्छन् , दुताबास कर्मचारी लगायत राजदुत हामीले भनेको बेलामा हाम्रा कार्यक्रमहरूमा सहभागी हुन आनकान गर्छन् , महामहिम ज्यू पहिला आर्मी चिफ थिए राजा बादी नै होलान् ? राजदुताबासले एन आर एन मात्रै संस्था लाई हेर्ने हो , सुचना दिदा एन आर एन लाई मात्रै दिनी हो ? लगायतका तर्क वितर्कहरूमा स्पेनमा रहेका सबै जसो संघ संस्थाका आफ्नो समय बिताउने गरेको पाईएको छ । आफ्नो राजनैतीक पौच राख्न भातृ संघ संस्थाहरूले यो भनिरहदा भोली दुताबास नै कोल्याप्स नहोला भन्न सकिन्न ? गौण विषय भनेको कुन कर्मचारी कुन राजनैतीक पार्टीको हो भन्ने होईन दुताबासमा कसरी कती काम भएको छ र स्पेनबासी नेपाली समुदाय सगै नेपाल सरकार अनी स्पेनीस समुदाय कत्तीको लाभान्वीत रहेको छ भन्ने हो । कर्मचारीहरू राजनिती आस्था राख्न नपाउने भनिएको हैन तरपनी नेपाल सरकारले तोकेको आफ्नो कार्यक्षेत्रमा प्रभाव हुने गरी राजनितीक गतिबीधिमा देखिएर संलग्न नहुनु नै उपयुक्त हुन्छ ।
यती भनीरहदा दुताबासका गतिबिधीहरूमा निगरानी भने नराख्ने भनिएको होईन । आर्थीक कारोबारमा पारदर्शीता , दुताबासले सबै स्पेनमा रहेका नेपाली समदायलाई समान ब्यबहार र सुचीत गर्ने , ठुला साना कार्यक्रम हरूमा सबैको प्रतिनिधीत्व गराउने गरी निमन्त्रणा एवं पत्रचार गर्ने , कार्यलय व्यवस्थापन सगै सबै कर्मचारीहरूको नियुक्ती गर्ने , स्पेनीसहरूको परराष्ट मन्त्रालय देखी यहाको कुटनीतीक नियोग सग सम्पर्क गरी नेपाली समुदायको सिधा प्रतीनिधीत्व गराई सम्पर्क गराउने गर्नु पर्दछ । दुताबास देखी नेपाली समुदायका विभिन्न भेला कार्यक्रम तथा समारोहमा स्पेनिस समुदायबाट विशीष्ट व्याक्तीहरूको प्रतीनिधीत्व गराई स्पेनीस हरूलाई पनी संडलग्न गराउने गर्नु पर्दछ यसमा नेपाली दुताबास म्याड्डीड अहिले सम्म चुकेको पाईएको छ ।
विगत लगभग १० वर्षको अथक प्रयास पछी पहिलो पटक स्पेनमा रहेका गैर आवासाीय नेपालीहरूको पहलमा नेपाली दुताबास स्पेन म्याड्डीडमा स्थापना भए सगै नेपाल सरकारले स्थापना गरेको नयाँ दूताबासमा महामहिम राजदूत भरत बहादुर रायमाझीसहित प्रथम सचिव हरिहरकान्त पौडेल र तेस्रो सचिवका रुपमा भोजकुमार भट्टराई आफ्नो कार्य सम्पादन गर्दै आएका छन्।
















