पोर्तुगलमा काँग्रेस नेता स्वर्गीय चक्र बाँस्तोलाको १३ औं तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न

लिस्बोन । नेपाली काँग्रेसका एकजना वरिष्ठ नेता तथा पुर्व परराष्ट्र मन्त्री चक्रप्रसाद बाँस्तोलाको निधनको १३ औं पुण्य तिथिमा नेपाली जनसम्पर्क समिति पोर्तुगलले आज लिस्बोनमा एक श्रद्धाञ्जली सभाको आयोजना गर्‍यो ।

बौद्धिक छवि भएका नेता बाँस्तोलाको मस्तिष्कघातका कारण लामो समय बिरामी परी निधन भएको थियो । उनले राजदूत लगायत पुर्व परराष्ट्र मन्त्री समेतको कार्यभार सम्हाली सकेका थिए ।

आजको श्रद्धाञ्जली सभामा बक्ताहरुले बाँस्तोलाले नेपाली राजनीति र समाजमा पुर्याएको योगदानको बारेमा प्रकाश पारेका थिए । बाँस्तोलाको निधनले नेपाली राजनीति एउटा अपुरणिय क्षति पुगेको बारेमा चर्चा भएको थियो । कार्यक्रममा स्वर्गीय बाँस्तोलाको फोटोमा माल्यर्पण गरिएको थियो ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति पोर्तुगलका संस्थापक अध्यक्ष पुर्ण हमाल, पुर्व अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, एनआरएनए आसिसी सदस्य नरेन्द्र हमाल, एनआरएनए अध्यक्ष कुबेर कार्की, प्रवासी नेपाली मंचका अध्यक्ष गोबिन्द पौडेल, नेका महाधिवेशन प्रतिनिधि सुशील शर्मा गैरे, नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिव योगेन्द्रमिलन छन्त्याल, नेपाल आदिवासी जनजाति महासंघका कार्यवाहक अध्यक्ष राजेन्द्र शेर्पा, अन्तर्राष्ट्रिय नेपाली समाजका संयोजक धनराज शेर्पा, नेपाली संघीय समाजका अध्यक्ष सोम शेर्पा लगायतले स्वर्गीय बाँस्तोला योगदानको चर्चा गर्दै श्रद्धाञ्जली मन्तव्य दिएका थिए ।

जनसम्पर्क समिति पोर्तुगलका अध्यक्ष बिनोद घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन कार्यवाहक महामन्त्री सुनील ढुंगानाले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष रमेश कडेंलले दिएका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार