कलाकारितासंगै समाजसेवा : इकुले गरे स्नेह बालआश्रमलाई आर्थिक सहयोग

काठमाडौंः वैदेशिक रोजगारीमा विभिन्न मुलकमा रहेका नेपालीले खोलेको माउण्ट एभरेष्ट सेवा समाज नेपालले सुलेमान शंकर ‘इकु’ले सञ्चालन गरेको स्नेह बालआश्रमलाई ५१ हजार रुपैंया आर्थिक सहयोग गरेको छ । काठमाडौंको मूलपानीमा अवस्थित बालआश्रमको भवन निर्माणका लागि माउण्ट एभरेष्टले उक्त सहयोग गरेको हो ।

संस्थाकी उपाध्यक्ष शोमा क्षेत्री, कोषाध्यक्ष प्रमिला भेटवाल, सदस्य देवी खनाल कानुनी सल्लाहकार देवेन्द्र बुढाथोकी र प्रभा पण्डितले उक्त नगद संयुक्तरुपमा शुलेमान शंकरलाई हस्तान्तरण गरे ।

त्यही अवसरमा माउण्ट एभरेष्टले आश्रित बालबालिकालाई स्टेसनरी र न्यानो कपडा प्रदान गर्दै बिहानको खाना र खाजा पनि खुवाएको थियो । भूकम्पपीडित बालबालिकालाई स्नेह आश्रमले आश्रय दिएको छ ।

आश्रमका अध्यक्ष सुलेमान शंकरले माउण्ट एभरेष्ट परिवारलाई सहयोगको लागि धन्यवाद प्रकट गरेका छन् । हाल आश्रमको भवन नभएकाले समस्या भएको बताउँदै इकुले उक्त नगद भवन बनाउन सदुपयोग गर्ने बताए । कलाकारिताबाट कमाएको रकमले बालबलिका पालिरहेको बताउँदै उनले सबैमा सहयोगको अपिल पनि गरेका छन् ।

माउण्ट एभरेष्टकी उपाध्यक्ष शोभा क्षेत्रीले सामाजिक कामको लागि माउण्ट एभरेस्ट क्रियाशील रहेको बताइन् । संस्थाका पदाधीकारीबाट सहयोग संकलन गरेर सहयोग गरेको बताउँदै उनले सामाजिक कामलाई संस्थाले निरन्तरता दिने बताइन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार