काठमाडौँ — चारदिनदेखि मौसमी रुघाखोकीले बिरामी परेका प्रधानमन्त्री केपी ओली सोमबार बिहान राती अस्पताल भर्ना भएका छन् । राजधानीको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक सेन्टरमा भर्ना भएका हुन् ।

अस्पतालका प्राडा. अरुण सायमीका अनुसार भइरल संक्रमण भएर राती श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको हो । उनले भने, ‘फोक्सोमा भएको संक्रमणको उपचार भइरहेको छ । नशाबाट एण्टोबायोटिक दिइरहेको छ ।’
बिहान ८ बजे कािन्तपुरसंगको कुराकानीमा डा. सायमीले प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार हुन थालेको जानकारी दिए ।
भाइरल संक्रमण भएर विरामी भएपछि सार्वजनिक कार्यक्रम तथा भेटघाट रोकेका प्रधानमन्त्री ओलीले आइतवार निवासमै भएको मन्त्रिपरिषद्को बैठकमा भने छोटो समय सहभागी भएका थिए ।
















