पीपीएल : चितवन राइनोजको दोस्रो हार

पोखरा । चितवन राइनोजले पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा लगातार दोस्रो हार व्यहोरेको छ ।

सोमबार भएको खेलमा शरद भेषावकरको पोखरा पल्टनले चितवनलाई ६ विकेटले हराएको हो । यससँगै पारस खड्काको टिमको उपाधि होडमा धक्का लागेको छ ।

पोखरा मैदानमा चितवनले दिएको १४१ रनको लक्ष्य पोखराले १७ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो ।

उसको सुरुवात निकै खराब थियो । खाता खोल्न नपाउँदै लगातार दुई विकेट गुमाएको उसको पारी रवि इन्दर सिंह र रोहितकुमार पौडेलले सम्हाले । दुबैले तेस्रो विकेटका लागि ७८ रनको साझेदारी गरे । रोहित १९ रनमा आउट भए ।

त्यसपछि ब्याटिङमा आएका कप्तान शरदले रवि इन्दरलाई साथ दिँदै टिमलाई जित नजिक पुर्‍याए । १७ औं ओभरमा दुबै आउट भए तर, चितवनका लागि विकेट लिन ढिलो भइसकेको थियो । शरद २७ रनमा आउट भए भने रविइन्दरले ४८ बलमा ८ चौका र तीन छक्काको मदतमा ६५ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर मात्र १४० रन बनाएको थियो । उसका लागि सनी पटेलले ४६ र कप्तान पारसले ४४ रन बनाए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार