बेलायतको बिश्व पर्यटन मेलामा नेपालको प्रबर्धन – नेपाली खाना मुख्य आकर्षण

लण्डन : नेपालको पर्यटन प्रबर्धन गर्ने हेतुले नेपालबाट पर्यटन बोर्डका प्रबन्धक दिपकराज जोशी लगायतको टोलि हाल लन्डनमा बार्षिक रुपमा हुने पर्यटन प्रबर्धन मेलामा सहभागी हुन आएको छ ।
कार्यक्रमको दोश्रो दिन लन्ली प्लानेट मार्फत नेपाललाई सन् २०१९को उत्कृस्ट पर्यटकीय गन्तब्य पनि घोसणा गरेको थियो । लन्नलि प्लानेटका एडिटर जोई बिण्डलस आफै उपस्थित भएर यो सूचना दिएका थिए ।

बेलायतका लागी नेपाली राजदुत डा दुर्गा बहादुर सुवेदीले पनि आफ्नो मन्तब्य राख्दै नेपाल बिश्वको एक आकर्षक पर्यटकीय गन्तब्य भएको भन्दै नेपाल भ्रमण २०२० सफल पार्न सबै नेपालीहरुको जिम्मेवारी बराबरी रहेको भन्दै सबैले सकेको र नसक्नेले नेपाल भ्रमण गरेर सहयोग गर्न अनुरोध गरे ।

कार्यक्रममा अबगनिस्तानको युद्धमा दुवै खुट्टा गुमाएका भूपू गोर्खा सैनिक तथा नेपालका एडभांचर टूरिज़म दूत हरी बुढा मगरले आफ्नो जीवन र नेपाल बारे अनुभव बाँडदै आफ़नो सगरमाथा चढ़ने योजना संगै नेपाल भ्रमण गर्न बेलायती पर्यटकहरुलाई अनुरोध गरेका थिए ।

बुद्ध , सिता, हिमाल तथा सगरमाथा मार्फत नेपालको प्रबर्धन गर्ने शैलीलाई अलिकति फरक ढंगले प्रस्तुत गर्दै खानेकुरा मार्फत पनि नेपाललाई प्रबर्धन गर्न सकिने हेतुले बिश्व पर्यटन महोत्सवको दोस्रो दिन नेपाली सेल रोटि , अचार , मम लगायतका स्वादिस्ट परिकार स्टलमा आएका पाहुनाहरुलाई खुवाईएको थियो ।

खानेकुराको मेनु र अन्तरास्ट्रिय स्तरको गुणस्तर बनाउनेकाम बेलायत स्थित सेलिब्रेटी सेफ बिनोद बरालले गरेका थिए ।
बराललाई सेलिब्रेटी सेफको उपमा दिंदै टूरिज़म बोर्ड नेपाल द्वारा नेपाली खाना प्रबर्धन गर्न गरेको मेहनत र अभियानको सराहना गर्दै सम्मान पनि गरिएको थियो । उनि लागयात् केहि साथिहरु मिलेर संचालित मम एण्ड रोटि रेस्टुरेन्ट बेलायतको बिश्व पर्यटन मेलामा नेपाली खानेकुरालाई पस्किने प्रथम नेपाली रेस्टुरेन्ट बनेको छ ।

उक्त मेलामा खानेकुरा बेच्न खानेकुराको गुणस्तर र बन्ने ठाउँ लगायत धेरै परिक्षा पास गरेर जानलाई धेरै नेपाली रेस्टुरेन्ट हरुले प्रयास गरेतापनि मम एण्ड रोटिले मात्र प्रक्रिया पास गरेर आफुलाई बिश्वको ग्लोबल डाइनिंग टेबलमा जान सफल साबित गरेको कुरा संचालक मध्येका एक मनोज मेहताले जानकारी दिए ।

लामो समय देखि पर्यटन प्रबर्धन र खेल पर्यटनलाई प्रबर्धन गर्दै आएका नविन गुरुङले नेपाल पर्यटन भरण भर्ष २०२०लाई बिशेष बनाउन गरिएको योजना सराहनिय भन्दै बिदेशीहरुको राम्रो प्रतिक्रिया रहेको जानकारी दिए ।

बोर्डका कार्यकारी निर्देशक दीपक राज जोशीले नेपाल भ्रमण वर्ष २०२० सफल पार्नेकाम र नेपालको पर्यटन प्रबर्धनमा अफूले सके सम्मको प्रयास गरिरहेको र यसमा सवैको सद्भाव र सहयोग आवयक रहेको प्रस्ट पारे ।

कार्यक्रमको संचालन गरेकी श्रद्धा श्रेष्ठले सवैलाई धन्यवाद प्रदान गर्दै नेपाली स्वाद सहित अथिती सत्कार ग्रहण गरिदिन देशीविदेशी पहुनाहरूलाइ अनुरोध गरेकी थियीन ।

लन्ली प्लानेटले नेपाललाई सन २०१९मा घुम्ने बेस्ट सिटीमा नेपाल रहेको घोसणा पनि गरेको थियो ।

पर्यटनमंत्री रबिन्द्र अधिकारी आऊने कार्यक्रम भिसामा त्रूटी भएर मन्त्री आऊने कार्यक्रम रद्ध भएक़ो थियो । ३ दिन जारीरहने पर्यटन मेला बुधबार सम्म रहने छ । -हिमालय मेल

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार