अमेरिकाको चुनावमा नेपाली मुलका भण्डारी विजयी, के हो राज्य संसद ?


अमेरिकाको मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्टसमा ८ नम्बर डिस्ट्रिक्टबाट नेपाली अमेरिकन ह्यारी भण्डारी विजयी भएका छन् । भण्डारीको जितसँगै अमेरिकामा नयाँ इतिहास कायम भएको छ । नेपाली मुलका अमेरिकनले यो स्तरको अमेरिकी चुनाव जितेको यो नै पहिलो पटक हो । भण्डारी पहिलोपटक राज्यस्तरको अमेरिकी संसद छिर्ने पहिलो नेपाली हुने भएका छन् ।

भण्डारी अमेरिकाको मेरिल्याण्ड राज्यको संसदमा निर्वाचित भएका हुन्, अमेरिकाको केन्द्रीय संसदमा निर्वाचित भएका होइनन् । अमेरिकाको मेरिल्याण्ड राज्यको संसदमा सिनेट र हाउस अफ डेलिगेट्स गरी दुईवटा सदन रहेका छन् ।

हाउस अफ डेलिगेट्स मेरिल्याण्डको राज्यसंसदको तल्लो सदन हो । जसमा मेरिल्याण्डका ४७ डिस्ट्रिक्टबाट १४१ डेलिगेट्सहरुले प्रतिनिधित्व गर्छन् । भण्डारी त्यही डेलिगेट्सका रुपमा निर्वाचित भएका हुन् ।

सन् २०१४ को चुनावमा मेरिल्याण्डको हाउस अफ डेलिगेट्समा डेमोक्रेटिक पार्टीको बहुमत ल्याएको थियो । कुल १४१ मध्ये ९२ सिट डेमोक्र्याट्सले जितेका थिए भने ४९ सिट डेमोक्र्याट्सले जितेका थिए । मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्सको पदावधि ४ बर्षको हुनेगर्छ ।

मेरिल्याण्ड राज्यको सिनेटमा भने ४७ सिट रहेका छन् । सिनेटमा पनि डेमोक्र्याट्सकै बहुमत रहदै आएको छ ।
खसोखास

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार