तिहारमा बेच्न राखिएका मिठाई किन्दा सचेत हुनुपर्ने, यस्तो छ मिठाईको वास्तविकता


बजारमा सजिएका अनेक रङ र रुपका मिठाई। हेर्दै खाऊँखाऊँ लाग्न सक्छ, किनौँ, किनौँ लाग्न सक्छ । तर, होस गर्नुस् त्यसमा अखाद्य रङ हालिएको हुनसक्छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन् । मंगलबार भक्तपुरको सूर्य्विनायक क्षेत्रमा अखाद्य मिठाई भेटिएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए ।

विभागले १० लिटरजति अखाद्य तेल र मिठाई बनाइसकेर पुनः प्रयोगका लागि राखिएको डेढसय लिटर फेना झोल नष्ट गरेको छ । दसैँमा अनुगमन गर्दा बानेश्वरको एक पसलको मिठाईमा हाइड्रो १ नामक रसायन पाइएको थियो ।

तेल, घिउ भण्डारणको अवस्थासँग पनि मिठाईको गुणस्तर निर्भर हुन्छ। मिति सकिएको र फोहोर तेलमा पकाइएको परिकारले स्वास्थ्यमा असर गर्छ । दूधबाट बनेका आयातित मिठाई सेवन नगर्न मुटुरोग विशेषज्ञ प्रकाशराज रेग्मी सुझाउँछन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार