नेपाली नारी समाज पोर्तुगलले मनायो देउसी-भैलो

लिस्बन ,पोर्तुगल।
नेपाली नारी समाज पोर्तुगलका दिदि बहिनीहरूद्वारा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ।पुर्व सूचना अनुसार मर्तिमुनिज पार्कमा देउसी भैलो खेल्ने तयारी भनिए पनि प्रतिकुल मौसमको कारण कार्यक्रम मर्तिमुनिजकै रेस्टुरेन्ट मनकामनामा सम्पन्न भएको थियो ।

विदेशको ठाउमा सबैको समयलाई मध्य नजर राख्दै उक्त कार्यक्रम भाईटीकाको भोलि पल्ट शनिबारको दिन सम्पन्न गरेको कार्यक्रम सम्योजकले जानकारी गरायका छन्।

नेपालीहरुको दोस्रो महान चाड तिहारको शुभकामना आदानप्रदानसहित संघसंस्थाका प्रमुखहरु एवं प्रतिनिधिहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको थियो।
सीता बरालको अध्यक्षता रहेको कार्यक्रममा निर्मला खरालद्वारा स्वागत मन्तव्य राखिएको थियो भने कार्यक्रमको सञ्चालन मिनामाया खरेलले गरेकी थिइन् ।

कार्यक्रममा एनआरएनए आइसीसी सदस्य नरेन्द्रबहादुर हमाल, एनआरएनए पोर्तुगलका उपाध्यक्ष नारायणकाजी थापा मगर, नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिव योगेन्द्रमिलन छन्त्याल, नेपाल आदिवासी जनजाति महासंघका कार्यवाहक अध्यक्ष राजेन्द्र शेर्पाले शुभकामना मन्तव्य राखेका थिए ।

नेपाली जनसम्पर्क समितिका अध्यक्ष बिनोद घिमिरे, प्रवासी नेपाली मंचका अध्यक्ष गोबिन्द पौडेल, जनप्रगतिशील मञ्चका कावा अध्यक्ष डोलराज भण्डारी, नेपाली संघीय समाजका अध्यक्ष सोम शेर्पा, अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष धनराज शेर्पा र गुल्मी समाजका अध्यक्ष युवराज पन्थीलगायतले पनि शुभकामना व्यक्त गरेका थिए ।

आयोजकहरुले परम्परागत संस्कृतिलाई संरक्षण गर्न र प्रचारप्रसार गर्न प्रवासमा पनि देउसी भैलोलाई निरन्तरता दिएको बतायका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार