लिस्बन, पोर्तुगल ।
स्वतन्त्र वामपन्थी तथा वरिष्ठ मानवअधिकारवादी नेता स्व. पद्मरत्न तुलाधरको सम्झनामा आज पोर्तुगलको राजधानी लिस्बोनमा एक श्रद्धाञ्जली सभाको आयोजना गरी नेपालीहरुले सम्झिए ।

नेपाली आदिवासी जनजाति महासंघ पोर्तुगलले आयोजना गरेको उक्त श्रद्धाञ्जली सभा स्वर्गीय पद्मरत्न तुलाधरको फोटोमा माल्यर्पण सहित १ मिनेट मौन धारण गरि शुरु भएको थियो ।
कार्यक्रममा वक्ताहरुले पुर्व मन्त्री समेत रहेका स्वर्गीय तुलाधरले निरकुंशताको बिरुद्ध नेपालको प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनमा पुर्याएको असाधारण र अतुलनीय योगदानको चर्चा र स्मरण गरेका थिए ।
यी आन्दोलनहरुमा मात्र होइन, नेपालको मानवाधिकार, आदिवासी जनजाति आन्दोलन, नागरिक स्वतन्त्रता, समानता, पहिचान, जनाधिकार भाषा संस्कृति र शान्ति प्रक्रियाका खातिर तुलाधरको योगदान इतिहासमा सदासर्वदा अवस्मरणीय रहिरहने बारेमा परिचर्चा भएको थियो ।
कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलका का. वा. अध्यक्ष राजेन्द्र शेर्पाको सभापतित्वमा महासचिव मदन लिम्बुको संचालन गरेका थिए ।
















