नायिका र मोडलको ‘वक्षस्थल’मा ट्याटु,को को भए हिट? को को भए आलोचित?

गायिका सरस्वती लामाको ‘वक्षस्थल’मा खोपिएको ट्याटुले एकसमय निकै चर्चा पाएको थियो । उनको एउटा तस्बिर सामाजिक सञ्जालदेखि चारै तिर भाइरल भयो । तर, उनले ‘वक्षस्थल’मा मात्र होइन गोप्य ठाउँमा पनि ट्याटु खोपाएको खुलासा गरेकी थिइन् ।

उनले भनेकी थिइन् ‘ट्याटु त मैले देखाउन नमिल्ने ठाउँमा पनि खोपेकी छु ।’ पछिल्लो समय नेपालमा ट्याटु खोपाउनेको संख्या बढ्दो छ । यसमा कलाकार पनि लोभिएका छन् । केही कलाकारको भने ट्याटु खोप्ने स्वख पनि रहेको छ ।

गोप्य अंगमा ट्याटु खोपाउदा मिडियामा चारै तिर छाइने लोभले कलाकार यस तिर लोभिएका हुन् । तर प्रचारको लोभमा केही अभिनेत्री आलोचनाको सिकार समेत भएका छन् । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले् केही पहिले आफ्नो ‘वक्षस्थलमा’ ट्याटु खोपाएकी थिइन् ।

उनको उक्त ट्याटु तस्बिरले निकै चर्चा पायो । धेरै उनको खुलेरै आलोचना गरे । ट्याटु बनाउनेले नै तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक गरेको आरोप लगाएकी साम्राज्ञीले यो बिषयमा मिडियामा जवाफ दिदादिदा हैरान भइन् ।

ट्याटु हात, खुट्टा, ढाडलगायत शरिरमा आकर्षित अंगमा ट्याटु खोप्ने चलन बिश्वमा छ । कतिपयले यो ट्याटु ‘नाइटो’ वरिपरि, कम्मर, पेटमा पनि खोप्ने गर्दछन् । केही अभिनेत्रीले त आफ्नो ‘क्लिभेज’ देखिने गरि वक्षस्थलको भागमा समेत खोप्ने गरेका छन् ।

उदारणको रुपमा अभिनेत्री सुष्मा कार्कीलाई लिन सकिन्छ । उनले एक समय आफ्नो बक्षस्थलमा सूर्याकारको ट्याटु खोपाएकी थिइन् । त्यतिमात्र कहाँ हो र उनले यो नाइटोमा समेत पियर्सिङ बनाएकी थिइन् । उनले खोपाएको ट्याटुले भने उनलाई चर्चा दिलायो ।

कतिपय ट्याटु रहरमात्र नभएर अध्यात्मसँग जोडिएका पनि छन् । सौख पनि हन्छ । सौखमा ट्याटु खोपाउने अभिनेत्री करिश्मा मानन्धर पनि हुन् । उनले पनि वक्षस्थलमा मै ट्याटु खोेपाएकी थिइन् । उनको ट्याटुले पनि उनलाई फाइदा पुग्यो । केही समय उनी राम्रो चर्चामा रहिन् । सूर्य, ड्रागन, स्वतन्त्रता, बाघ, सिंह वा अनेक आकृतिका ट्याटु खोप्ने गरिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार