साम्राज्ञि र सलिनको ‘ए मेरो हजुर-२’ लाई १३ दिनमा झन्डै ६० लाख (फिल्म सहित)

कुनै बेला थियो नेपाली फिल्मको गीत, ट्रेलर तथा फिल्मले २४ घन्टा भित्रै युट्युबमा १ लाख भन्दा माथी भ्युज पायो भनेर समाचारको हेडलाईन बन्थ्यो । तर अब यो कुरा निकै सामान्य बनिसकेको छ । जस्को ज्वलन्त उदाहरण बनेको छ भर्खरै युट्युबमा सार्बजनिक फिल्म ‘ए मेरो हजुर २’ । यो फिल्मलाई युट्युबमा सार्बजनिकको १३ दिनमै झन्डै ६० लाख पटक हेरिएको छ । यो हेराई निकै उत्साहजनक मानिन्छ । यसअघि फिल्मले युट्युबमा सार्बजनिकको २४ घन्टा भित्रै १० लाख पटक भन्दा बढी हेरिएको थियो ।

हामिले यो समाचार तयार पार्दा सम्म फिल्ममाई ५८ लाख भन्दा बढि पटक हेरिएको छ । हलमा जस्तै युट्युबमा पनि फिल्मको क्रेज निकै देखिएको छ । हलमा सार्बजनिकको बेला फिल्मले सबै पक्षबाट तारिफ बटुलेको थियो भने सिने उधोगमा डेब्यु गरेका सलिनमान बनियालाई यहि फिल्मले स्टार बनायो । युट्युबमा सार्बजनिक पछि ८३ हजारले लाईक, ६ हजारले डिसलाईक गरेको छ भने ९ हजार बढिले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार