आईपीएल : करोडौँ मूल्यका यी खेलाडी बाहिरिँदा को को सुरक्षित भए ?


मुम्बई : इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजनका लागि क्लबहरुले तयारी थालेका छन् । यसै क्रममा अघिल्लो सिजन खेलेका खेलाडी हटाउने या सुरक्षित राख्ने म्याद बिहीबार सकिएको छ ।

बिहीबार म्याद सकिँदासम्म नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई दिल्ली डेयर डेभिल्सले आगामी सिजनका लागि सुरक्षित गरेको छ। किङ्स इलेभन पञ्जाबले अघिल्लो महिना हुने इन्डियन प्रिमियर लीगको लिलामी पहिले युवराज सिंहलाई टिमबाट हटाएको छ ।

अर्कातिर राजस्थान रोयल्सले पनि बायाँ हातका तीब्र गतिका बल र जयदेव उनादकटलाई यसै सालको सुरुमा ११.५ करोड रुपैयाँमा किनेको थियो । तर उनलाई पनि टिमले टिमले बाहिरको बाटो देखाइदिएको छ ।

दिल्ली डेयरडेभिल्सले अपेक्षा अनुसार गौतम गम्भीरलाई पनि टिमबाट बाहिरको बाटो देखाएको छ । अर्कातिर नेपाल लेग स्पिनर सन्दीप लामिछानेलाई भने दिल्लीले सुरक्षित गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार