एनआरएनए पोर्तुगलका सल्लाहकार प्रेम नेपालीलाई पत्नी शोक परेको छ ।नेपाली लामो समयदेखि परिवारकासाथ पोर्तुगलको राजधानी लिस्बोनमा बस्दै आएका थिए।

नेपालका जीवनसंगिनी मीरा नेपालीलाई तीनबर्ष अगाडि क्यान्सर रोग देखिएको थियो । त्यसयता उपचार गराउदै आउनुभएकी नेपालपत्नी मिरा नेपालीको क्यान्सर रोगबाट ३९ बर्षको उमेरमा अल्पआयुमै लिस्बोनको एक अस्पतालमा निधन भएको हो ।
यसैबीच एनआरएनए पोर्तुगलले आगामी सोमबार अन्तिम श्रद्धाञ्जली कार्यक्रम गर्ने भएको छ। सोही दिन उनको अन्तिम सदगद हुने जनाइएको छ ।
स्व. नेपालीको पार्थिव शरीर लाई हिन्दु परम्परा अनुसार पोर्चुगल लिस्वनमा नै दाहसस्कार गरिने भएको हुदा अन्तिम श्रद्धाञ्जलीको लागि १० डिसेम्बर सोमबार दिउसाे १ बजे देखि २ बजे सम्म Instituto Medicina Legal Lisboa काे अगाडिकाे फुनुराइरा कापोस मा उपस्थित भइअर्पण दिनुहुन गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलले अनुरोध गरेको छ।
नेपाली समुदायका एक सामाजिक अभियन्ताप्रति परेको यस्तो अकल्पनीय घटना दुखको यस घडीमा ” भोइस अफ नेपाल टिभी” परिवार शोक व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछ।
















