२ सय ६० रुपैयाँ लुटेर फरार अभियुक्त ४० बर्षपछि पक्राउ – १० बर्षका लागि जेल चलान

३७ बर्षदेखि फरार रहेका यहाँका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । साविकको राइनस गाविस—४ र हाल राइनस नगरपालिका—९ का रेपबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । उनी ४० वर्षदेखि फरार अभियुक्त हुन् । थापाले २०३४ साल पुस ९ गते स्थानीय भोजबहादुर थापालाई भिरबाट खसालीदिएका थिए । भिरबाट खसेपछि थापा घाइते भएको प्रहरीले जनाएको छ । अभियुक्त थापाको २०३६ साल कार्तिक १३ गते उनी विरुद्ध ज्यान मार्ने उद्योगमा अदालतमा उजुरी परेसँगै थापा फरार भएका थिए ।

थापाले स्थानीय भोजबहादुर थापालाई गोरु बेची ल्याएको २ सय ६० रुपैयाँ लुटेर भिरबाट खसालेका थिए । भिरबाट खसेर घाइते थापाको ४ महिनापछि मृत्यु भएको हो । अभियुक्त थापालाई प्रहरीले सुन्दरबजार नगरपालिका ९ भोटेवडारको तल्लो बजारमा स्थानीयको विशेष सुराकीमा मंगलबार पक्राउ गरेको प्रहरी नायव उपरिक्षक पदमबहादुर विष्टले जानकारी दिए ।

उनी आफ्नो सालीले दिएको जग्गामा जस्ताको टहरा बनाएर बस्दै आएका थिए । हाल उनलाई जिल्ला अदालत लमजुङले बुधबार १० वर्षका लागि मुलुकी ऐनको ज्यान मार्ने उद्योगमा कैद सजाय सुनाएको छ

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार