ईपीएल : खेलाडीकाे छक्का प्रहारले आयोजकको गाडीको सीसा नै फुट्यो !

– दीपेन्द्र गुरुङ

काठमाडौं : त्रिविवि मैदान किर्तीपुरमा जारी ईपीएल खेलमा विराटनगर वारियर्सका खेलाडी बाबर हायातको ब्याटिङबाट आयोजक जोहोरा स्पोर्टस्का प्रवन्ध निर्देशक आमिर अख्तरको गाडीको सीसा नै फुटेको छ ।

चितवन टाइगर्सका खेलाडीको बलिङ सामना गरिरहेका खेलाडी बाबरले छक्का प्रहार गर्दा पार्किङमा रोकिराखेको आमिरको गाडीको अगाडिको भागको सीसा नै फुटेको हो ।

विराटनगर वारियर्स र चितवन टाइगर्सबीचको खेल चितवनले ५ रनले जित्दै सम्पन्न भएको छ । हङकङका नागरिक बाबर हायातले चितवन टाइगर्सविरुद्धको आजको खेलमा ९० रन पुर्याएका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार