पोर्तुगलमा आकस्मिक हेलिकप्टर एम्बुलेन्स दुर्घटना , २ पाईलट सहित ४ को मृत्यु ( भिडियो सहित फोटोफिचर )

पोर्तुगलमा आकस्मिक हेलिकप्टर एम्बुलेन्स INEM दुर्घटना हुदा २ पाईलट सहित ४ को मृत्यु भएको छ। मृत्यु हुने अन्य दुइमा एक डाक्टर र एक नर्स परेका छन्।

चार जना सवार एनेमको मेडिकल आकस्मिक हलिकप्टर शनिवार बेलुका ६ : ३० बजेदेखि हराएको थियो। शनिबार बेलुकी ८:३० बजेबाट हराएको हेलिकप्टरको व्यपाक खोजी कार्य शुरु गरिएको थियो। हेलिकप्टर दुर्घटनाभएको अवस्थामा आइतवार बिहान १:३० बजेतिर मात्रै फेला परेको र उक्त हेलिकप्टर भेलोङ्गाको सान्ता जुस्ता पहाडी शृंखलामा दुर्घटना भएको बुझिएको छ। चिन्ताजनक अवस्थाका एक बिरामीलाई पोर्तुगलको दोस्रो ठुलो शहर पोर्तोको सान्तो आन्तोनियो अस्पतालमा पुर्याएर हेलिकप्टरको स्टेसन ब्रागन्सा फर्किने बेला सो दुर्घटना भएको जानकारी अधिकारीहरुले दिएका छन् ।

खोजीमा रहेका प्रहरी तथा उद्धार टोलीले हेलिकप्टर पूर्ण क्षतिग्रस्त अवस्थामा, र त्यसमा सवार चारै जना मृत अवस्थमा भेटेको जनाएको छ। हेलिकप्टर दुर्घटना भएको स्थानमा मौसम निकै खराब रहेतापनि दुर्घटनाको खास कारण अनुसन्धानपछि मात्रै थाहा हुने कुरा अधिकारीहरुले बताएका छन्।

https://www.facebook.com/voiceofnepaltv/videos/2046135838804961/

पोर्तुगलमा आकस्मिक मेडिकल हेलिकप्टर एम्बुलेन्स सन् १९९७ मा स्थापना भएयता १६,३७० पटक आकस्मिक सेवा प्रदान गरिसकेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार