जय स्वाभिमान कार्यक्रमबाट चर्चाको शिखरमा आएका पत्रकार प्रेम बानिया अमेरिका भासिएसंगै निकै आलोचित भएका थिए। तत्पश्चात् लामो समय मिडियाबाट टाढै रहेका संचारकर्मी बानिया अमेरिकाबाटै ” जय स्वाभिमान” लिएर मिडियामा कमब्याक भएका छन्।
पत्रकार बानियाले आफ्नो फेसबुक मार्फत सो जानकारी दिएका हुन्। देशभित्र वा बाहिर जहाँ भए पनि देश र स्वाभिमानको पक्षमा आफ्नो आवाज प्रस्तुत गर्ने वाचा गर्दै प्रवासमा रहेका स्वाभिमानी नेपालीहरुको कथा जय स्वाभिमानमा रहने उनले उल्लेख गरेका छन्।
पत्रकार बानियाले सो खुशीलाई आफ्नो फेसबुकमा यसरी उल्लेख गरेका छन् :
जय स्वाभिमान !
जीवनको अन्तिम श्वास रहेसम्मको मन्त्र हो यो मेरा लागि र हाम्रा लागि !
हामी छरिएका छौं संसारभर तर देश र स्वाभिमानका पक्षमा एक जुट छौं ! हामी विभाजित छौं अनेकौं विषयका पक्षबिपक्षमा तर देश र स्वाभिमानको पक्ष एउटै छ ! हामी हजारौं कथाहरुसाथ हजारौं शीर्षकहरुमा छौं तर स्वाभिमान र देशको शीर्षक एउटै छ – जय स्वाभिमान ! देशभित्र वा बाहिर जहाँ भए पनि देश र स्वाभिमानको पक्षमा आफ्नो आवाज प्रस्तुत गर्ने हामी सबैको साझा मञ्च बन्नेछ ‘जय स्वाभिमान -स्वाभिमानीहरुको कथा !’
















