सन्दीपले किफायती बलिङसँगै मेलवर्नलाइ पहिलो जीत गराए

-हेमन्त काफ्ले
सिड्नी नेपाली युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलवर्न स्टार्सले बिग ब्यासको तेस्रो खेलबाट पहिलो जित निकालेको छ।

सन्दीपले निकै किफायती बलिङ गरेको खेलमा मेलवर्न स्टार्सले घरेलु टोली सिड्नी सिक्सर्सलाई पाँच विकेट हराउँदै तालिकाको चौथो स्थानमा उक्लिएको छ।

सिड्नी सिक्सर्सले दिएको १३१ रनको लक्ष्य मेलवर्नले १४.५ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्‍यो।

मेलवर्नको जितमा पीटर ह्यान्डकमले बिस्फोटक ब्याटिङ गर्दै ३५ बलमा ७० रन बनाए।

अन्य ब्याट्सम्यानहरूमा लार्कानले २० रन जोड्दा कप्तान ग्लेन म्साक्लवेलले ८ तथा र इडेन ब्राभोले ९ रन जोडे।

यसअघि टस हारेरे पहिले ब्याटिङ गरेको घरेलु टोली निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३० रनमा समेटिएको थियो।

सिड्नीलाई सस्तैमा समेट्न नेपाली युवा स्पिनर लामिछानेले ४ ओभर बलिङ गर्दै एक चौकासहित १८ रन खर्चिदा २ विकेट लिए।

सिड्नीका लागि जेसी सिल्कले सर्वाधिक ४१ रन जोडेका थिए भने सेन एवटले २२ रन बनाउनु बाहेक अन्यले बेलबर्नका बलरलाई खेल्न सकेनन्।

मोसे हनरिकलाई दोस्रो ओभरमा एलबीडब्लु धरापमा पारेका सन्दिपले सिडनीको मैदानमा टी कुरानलाई दोस्रो एलबीडब्लु आउट पारेका थिए। लगातार तीन खेलमा पुरै चार ओभर बलिङ गरेका सन्दिपले बिहिबारको खेलमा भने मात्र १८ रन खर्चेर महत्वपुर्ण दुई विकेट लिँदै प्रतियोगितामा सर्वाधिक विकेट लिने सूचीको शीर्ष स्थानमा पुगेका छन्।

खेलपछि सन्दिपले आफ्नो खेलमा सुधार हुँदै गएकोमा खुसी ब्यक्त गरे। उनले क्रिकेट टिम गेम भएकोले आफ्नो विकेट भन्दा पनि टिमको पहिलो जितमा खुसी मनाएको बताए। ‘धेरै कुरा सिक्दै छु, हेरौं आगामी दिनमा थप सुधारिएको खेल प्रर्दशन गर्नेछु,’ उनले भने।

बिगब्यास खेलिरहँदा उनले सिडनीको मैदानमा सयौं नेपालीहरु राष्ट्रिय झन्डा सहित उपस्थित भएको क्षण निकै खुसीको क्षण भएको सुनाए।

क्रिकेटको कमेन्ट्रीमासमेत नेपाली युवाको बलिङ बारे निकै प्रंसशा खर्चिएका थिए भेट्रान क्रिकेटरहरुले।

सन्दीपले मैदानमा च्यानल सेभेनसँग कुराकानी गर्दै भने ‘मेरो बिगब्यास प्रवेशले अन्य नेपाली क्रिकेटरहरुको लागि पनि बाटो खुलेको बताए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार