छैटौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस पोर्तुगलमा पनि उत्साहपुूर्वक मनाउने तयारी भएको छ । नेपालको सबै जातजाति, भाषाभाषी , धर्मसंस्कृति र क्षेत्रका टोपीहरुलाइ अन्तर्राष्ट्रिय पहिचान दिलाउन अग्रेजी नयाँबर्षको पहिलो दिन जनवरी १ तारिखमा सन् २०१३ देखि टोपी दिवस मनाउन शुरूवात भएको हो । अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसका जन्मदाता तथा सामाजिक अभियान्ता रामचन्द्र मरहट्टा उर्फ मचरा समेत सो कार्यक्रममा सहभागी हुने बुझिएको छ।

टोपी दिवस मनाउन शुरूवातमा सीमित र सानो संख्यामा रहेकोमा पाँच बर्षपछि यो पुरै अन्तर्राष्ट्रियकरण भएको छ । नेपालदेखि नेपाली पुगेको बिश्वको कुनाकुनामा अहिले टोपी दिवस पुगेको छ, उत्साहपुर्वक भब्यरूपमा मनाउन थालिएको छ ।

विभिन्न विशेषता र संस्कृतिका नेपाली टोपीहरु नेपाल र नेपालीको पहिचानको रूपमा अहिले बिश्वब्यापी रूपमा स्थापित भएका छन् ।
यसैबीच पोर्तुगलमा पनि नेपाली समुदायले टोपी दिवस मनाउने तीब्र तयारी गरेका छन् । जनवरी १ तारिख दिनको ३:३० बजे लिस्बनको मार्तिमुनिज पार्कमा भब्यरूपमा टोपी दिवस मनाउने तयारी भएको जनाइएको छ ।
सो दिन र उक्त समयमा पोर्तुगलबासी नेपालीहरुलाइ आआफ्नो पहिचान जनाउने र झल्काउने टोपी लगाएर उपस्थिति भइ नेपाली सान,मान र पहिचान प्रदर्शन गर्न पोर्तुगलका सबै नेपाली सामाजिक अगुवाहरुले आह्वान गरेका छन् ।
पोर्तुगलमा नेपाली टोपी दिवसको सहआयोजक एनआरएनए पोर्तुगल तथा नेप्लिज जर्नलिस्ट क्लब पोर्तुगल र प्रचार संयोजन पोर्तुगलबाट संचालित अनलाइन मिडियाहरु युरोप नेपाली डटकम, नमस्ते नेपाली डटकम, भ्वाइस अफ नेपाल टिभी डटकम, भ्वाइस अफ नेपाल टिभी नेपाल टक्सले गरिरहेको जर्नलिस्ट क्लबका राजकुमार थापाले बताए । – युरोप नेपाली
















