काठमाडौं । हातहतियार खरखनाजा मुद्दापछि हिरासतमा पुगेका डन गणेश लामा नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । उप सभापति विजयकुमार गच्छादारसँग नजिक रहेका लामा केही समयअघि मात्र छुटेका थिए ।

अहिले मुड फ्रेस बनाउन अस्ट्रेलियाका विभिन्न सहरमा पारिवारिक भ्रमणमा रहेका उनी राजनीतिक कार्यक्रममा पनि सक्रिय हुन थालेका छन् ।
मेलवर्नमा बस्ने भाईकोे बच्चा जन्मिएपछि भेट्नका लागि उनी गत डिसेम्बर २७ तारिखमा अस्ट्रेलिया पुगेका लामा राजनीतिक कार्यक्रममा सहभागी भएका छन् ।
विभिन्न राज्यका कांग्रेस जनसम्पर्क समिति, जातिय संघसंस्था र नेपालीको सार्वजनिक कार्यक्रममा सहभागी मात्र भएका छैनन्, सम्मान पनि थापेका छन् ।
सिड्नीमा कांग्रेस जनसम्पर्क समितिको कार्यक्रममा लामाको सहभागिता थियो । सिड्नीमा कांग्रेस जनसम्पर्क समितिले गरेको कार्यक्रममा समितिका अध्यक्ष छिरिङ्ग शेर्पाले त लामा सिंगो तामाङ्ग समुदायकै तर्फबाट अब्बल नेता हुन सक्ने भनी फुर्काए ।
अस्ट्रेलिया पुगेको पहिलो साता नै लामा मलेवर्न, सिड्नी र क्यानवेराको जनसम्पर्क समितिले गरेको कार्यक्रममा सहभागी भएका थिए । उनले ग्रानभिल नेपाली समाजले गरेको नयाँ वर्ष क्रुज पार्टी र तामाङ रिक्रियसनल क्लबले गरेको सम्मान कार्यक्रममा सहभागिता जनाए । एक सातापछि लामा नेपाल फर्किँदैछन् ।
















