तनहुँँ समाज पोर्तुगलले मुखको क्यान्सरपीडित रुकनिधि भट्टराईलाई आर्थिक सहयोग गरेको छ । भट्टराईको उपचारका लागि समाजले ६४ हजार १७१ रुपैयाँ सहयोग गरेको हो ।
तनहुँ राइपुर निवासी भट्टराईको ८ वर्षदेखि नै समस्या रहेको थियो । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा ढिलाई भएको हो । समाजका अध्यक्ष देवबहादुर श्रेष्ठका अनुसार, पोर्तुगलमा स्वेच्छिक सहयोग सङ्कलन गरेर सो परिमाणको रकम उनको खातामा पठाइएको छ ।
पीडितलाई आर्थिक सहयोग गर्ने पोर्तुगलमा रहेका तनहुँँवासी तथा अन्य दिदीबहिनी तथा दाजुभाइहरुलाई समाजले धन्यवाद ज्ञापन गरेको छ । – नमस्तेनेपाली
















